प्राय: नेपालीको दिनको सुरुवात चियाबाट हुन्छ । दूध चिया, कालो चिया, ग्रिन टी र अन्य धेरै प्रकारका चिया पिउने चलन छ । लामो समयदेखि चिया पिउनु फाइदाजनक हो वा हानिकारक भन्ने बहस पनि चल्दै आएको छ ।
अध्ययनहरूमा पनि मिश्रित परिणाम देखिएका छन् । केही अनुसन्धानले दूध चियाको सट्टा कालो चिया पिउनाले धेरै स्वास्थ्य लाभ हुनसक्ने सुझाव दिएको छ भने केही शोधकर्ताहरूले चियामा क्याफिन पाइने भएकाले यसको नियमित वा अत्यधिक सेवनले धेरै साइड-इफेक्ट हुने भनेका छन् ।
कतिपय मानिस दूध चिया स्वास्थ्यका लागि हानिकारक हुने विश्वास गर्छन् भने कोही ग्रिन टी पिउनाले छिटो तौल घटाउन मद्दत गर्छ भन्ने विश्वास गर्छन् । चियाको बारेमा यस्ता धेरै कुरा व्याप्त छन् ।
कालो चिया भन्दा ग्रिन टी बढी स्वास्थ्यकर हुन्छ?
कालो चियाको तुलनामा ग्रिन टीलाई बढी फाइदाजनक मानिन्छ । तर दुवैमा रहेको एन्टी-अक्सिडेन्टले स्वास्थ्यलाई बराबर मात्रामा फाइदा पुर्याउँछ । त्यसो भए ग्रिन टी कुन उद्देश्यका लागि बढी खपत भइरहेको छ त्यो महत्त्वपूर्ण हुन्छ । सामान्यतया कालो चियामा क्याफिन बढी हुन्छ । यसबाहेक एकाग्रता बढाउन, शरीरलाई हाइड्रेटेड राख्न र रक्तसञ्चार बढाउनका लागि दुवै फाइदाजनक छन् ।
ग्रिन टीले तौल घट्छ
एन्टी-अक्सिडेन्टले भरिपूर्ण ग्रिन टी विशेषगरी तौल घटाउन चिनिन्छ । यसमा पाइने क्याटेचिनले मेटाबोलिजमलाई पक्कै बढाउँछ तर यसको मात्रा निकै कम हुन्छ । दैनिक ग्रिन टी पिउनाले खानपान र व्यायामसँगै विशेष ध्यान दिएमा मात्रै तौल घटाउन सकिन्छ । ग्रिन टी मात्र पिएर तौल कम हुने होइन ।
डिक्याफिनेटेड चियामा क्याफिन हुँदैन
यो सुनेर निराश हुन सकिन्छ, तर डिक्याफिनेटेड चिया क्याफिनबाट मुक्त हुँदैन । यसमा ५ देखि २० मिलिग्राम क्याफिन समावेश हुन्छ । यदि क्याफिनलाई पूर्णतया त्याग्न चाहने हो भने यसका लागि उत्तम विकल्प हर्बल चिया हो ।
टी ब्याग र चियाको पात दुवै राम्रो हो
चियाको पातबाट चिया बनाउनु भन्दा टी ब्यागबाट चिया बनाउन सजिलो हुन्छ तर यसको आफ्नै बेफाइदा पनि छ । टी ब्याग र चियाको पात दुवैले समान लाभ प्रदान गर्दैनन् । टी ब्यागमा मोटो चियाको पात राखिन्छ, जसमा एसेन्सियल आयल र सुगन्ध कम हुन्छ । तर चियाको पातबाट चिया बनाउँदा त्यसमा आवश्यक सबै कुरा समावेश हुन्छ ।
चियामा दूध मिसाउँदा यसको फाइदा कम हुन्छ
कालो चिया स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कुरामा कुनै शङ्का छैन । तर दूध चिया पिउनु हुँदैन यसले चियामा पाइने सबै पोषक तत्त्वहरू नष्ट गर्छ भनिन्छ । यो केवल एक मिथक हो, चियामा दूध मिसाउँदा यसको पोषक तत्त्व घट्दैन, बरु दूधले शरीरमा क्याल्सियमको आपूर्ति गर्छ । क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ । तर दिनमा दुई कपभन्दा बढी चिया पिउनु हुँदैन ।
चियाले निर्जलीकरण निम्त्याउँछ
धेरै चिया पिउनाले बारम्बार पिसाब लाग्न सक्छ, तर यसको मतलब यो होइन कि चियाले शरीरमा डिहाइड्रेसन हुन्छ । चियाले शरीरलाई हाइड्रेटेड राख्न सक्छ, विशेषगरी चिसो मौसममा यसको सेवन गर्नुपर्छ । तर यसको सेवन सीमित मात्रामा मात्र गर्नुपर्छ भन्ने कुरामा भने ध्यान दिनुपर्छ ।
चियाको एक्सपायरी डेट हुँदैन
मानिसमा गलत धारणा छ, चियाको डेट एक्पायर कहिल्यै हुँदैन, यसको मतलब यो वर्षपछि वर्ष प्रयोग गर्न सकिन्छ । यदि यस्तै सोच्नुहुन्छ भने यो सरासर गलत हो । किनकि धेरैजसो चियाको पनि एक्सपायरी डेट हुन्छ । म्याद सकिएपछि चिया पिउनाले स्वास्थ्यमा हानि पुर्याउन सक्छ । यदि चियाले तिखो गन्ध आउन थाल्छ वा गन्ध गायब भयो भने चियाको म्याद सकिएको बुझ्नुपर्छ ।
‘सरकारी तथा गैरसरकारी कर्मचारीको तलब स्वास्थ्य बीमा आबद्ध अनिवार्य हुनुपर्ने सुझाव दिइएको छ,’ ती सदस्यले भने, ‘आम्दानीको आधारमा अन्य व्यक्तिको पनि प्रिमियम शुल्क तोक्न सिफारिस गरेका छौं ।’
भेगन डाइटमा केही अन्य जरुरी पोषक तत्त्वमा जिङ्क र क्याल्सियम समेत हुन्छ । गेडागुडी, विभिन्न प्रजातिका बीउ, राजमा जिङ्कको प्रमुख स्रोत हुन् । तिल, बदाम र हरिया सागसब्जी क्याल्सियमको प्रमुख स्रोत हुन् ।
तर प्रश्न कस्तो बनाउने भन्नेमा चुनौति देख्छन् उनी । ‘एउटा बच्चाले घरमा भैंसी दोयो भने त्यसबाट के कुरा बुझ्यो त ? विज्ञानको के कुरा सिक्यो, गणितको के थाहा पायो, अर्थशास्त्रको के बुझ्यो त्यो खोज्ने गरी प्रश्न सोधिनुपर्छ,’ उनले भने । अभिभावकलाई पनि बुझाउनु पर्ने उनको तर्क छ । ‘विद्यार्थीले घोक्ने खालको होइन, सोध्ने, खोज्ने खालको प्रश्न बनाउनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्