सशस्त्र प्रहरीको गजबको निति : तस्करीको समातिएको भैसी तस्करलाई जिम्मा

सम्वादाता | २०८२ भदौ १४ गते ०१: १२ मा प्रकाशित
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सीमा क्षेत्रमा समातिएको तस्करी गरि ल्याइएको भैंसी तस्करकै जिम्मा लगाएको छ । 
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म अलौंको एरीयामा पर्ने बार्वाको भलुवाही खोलामा भारतबाट भित्रयाइएको चारवटा भैँसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपनि पुनः तस्करकै जिम्मा लगाएको हो । 
विन्दवासिनी गापाको बर्वाका स्थानीय भुवन र बबलुले सशस्त्र प्रहरीकै संरक्षणमा अमरपटि र भलुवाही खोला प्रयोग गरि भारतबाट दैनिक २ दर्जन भन्दा बढीको संख्यामा भैँसी तस्करी गर्ने गरेको स्थानीय बताउछंन् । हिजो शुक्रबार साझँको ७ बजेको समयमा भारतिय सिमावर्ती गाउँ सिसवाको बाटो प्रयोगगरी भलुवाही खोलाभएर नेपालतर्फ बर्वा गाउँमा ल्याउने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपटिको टोलिले चारवटा भैँसी समातेको थियो । तर, तस्कर समहुले अलौंका डिएसपी कृष्ण सिंह पुजारालाई फोन गरि अमरपटिको टोलीले भैसी समातेको खबर गर्नासाथ डिएसपी पुजाराले आफ्ना सई राजेश बस्नेतलाई पठाएका थिए । सई बस्नेतले तस्करीको भैँसी नियन्त्रणमा लिनुको साटो तस्कर समुहलाई जिम्मा लगाएर फर्केका थिए । भैँसी तस्करी गर्न भुवन र बब्लुले अलौँका डिएसपीलाई लाखौं रुपैयां महिनावारी बुझाएकोले आफनो भैंसी सशस्त्र प्रहरीले समात्न नस्कने तस्करहरुले फुर्ति लगाउंछन । 
हिजोको उक्त घट्नाले पनि उनको भनाईमा बल रहेको स्थानीय बताउंछन । डिएसपी पुजाराले तस्कर समुहसंग रकम असुलीका लागी सादा पोषाकमा खटाएका घुमुवाद्वय सशस्त्र प्रहरी हवलदार जनक भट्ट र दिपक टमाटाले भैँसी तस्कर भुवन र बबलुको सिधा सम्पर्कमा रहि सहयोग गर्ने गरेका छन । भैँसी तस्कर भुवन र बबलुले भारतबाट ल्याएको भैसी स्थानीय वडा र क्वारेन्टाईनसंग पहिलै सिफारिस बनाएर राख्ने गरेका छन् । बर्वाको भैँसी गोठबाट लोड गरिएको भैँसी वीरगंज बाहिर पठाउने गरेकाछन् । 
तर, यस घटनामा भने कानूनी व्यवस्था उल्लंघन गर्दै सशस्त्र प्रहरीकै सुरक्षामा तस्करी हुन थालेको र तस्करलाई संरक्षण दिइएको देखिनुले कानुनको प्रभावकारिता माथि प्रश्न उठाएको छ । यसले संविधान र कानुनले परिकल्पना गरेको आधुनिक र कडाइका साथ लागू गर्नुपर्ने कानूनी प्रावधानहरू कार्यान्वयनमा नरहेको कुरालाई प्रष्ट पार्दछ । यसप्रकारको घटनाले नेपाल सरकारको कानून र न्याय प्रणालीमाथि गम्भीर प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले तुरुन्त प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न आवश्यक छ । यस घटनालाई लिएर रौतहटमा तस्करीको आरोपमा सशस्त्र प्रहरी कर्मचारीहरूलाई कारबाही गरिएको अवस्थामा पर्सामा भएको यस्तो घटना कति कडा रूपमा समाधान हुनेछ भन्ने कुराको पर्खाइ रहेको छ । नेपालको कानून अनुसार कुनै पनि कार्य कानुनी दायरामा रहनुपर्दछ र त्यसको उल्लंघन गरेमा कडाइका साथ सजाय हुनुपर्ने स्पष्ट छ ।यो घटनाले नेपालमा अवैध तस्करी नियन्त्रण र कानूनको प्रभावकारी कार्यान्वयनमा सुधारको आवश्यकता औंल्याएको छ ।
रौतहटमा तस्करीको चिनि समातेर तस्करकै जिम्मा दिने एसपी सहित दर्जनौ सशस्त्र प्रहरी कर्मचारीलाई हेडक्वार्टर तानेर कार्यवाही गरिदै छ तर पर्सामा भएको यो घटनाले कतिको कार्यवाही होला हेर्न बांकी छ ।

 

प्रतिक्रिया दिनुहोस्