गुडविल सोसाइटीद्वारा मच्छरदानी वितरण

सम्वादाता | २०८२ भदौ १४ गते ०१: २५ मा प्रकाशित
वीरगंज । गुडविल सोसाइटी संस्थाद्वारा वीरगंज महानगरपालिका–३१ मा ५० थान मच्छरदानी वितरण गरिएको छ ।
वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप र त्यसबाट हुनसक्ने सम्भावीत समस्या त्यसैगरी स्थानीयवासीहरूबाट यस विषयमा आएको गुनासो थाहा पाउनासाथ संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो । कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादवको रोहवरमा वितरण कार्य सम्पन्न गरिएको छ ।
सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, लगायत सदस्य प्रतिनिधिहरू उपस्थित थिए ।
कार्यक्रमका वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए । साथै गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्