नारायणीको एमआरआईको सफ्टवेयरमा समस्या

आपूर्तिकर्ता कम्पनीले बाकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले जनाए ।

सम्वादाता | २०८१ बैशाख २७ गते १४: ०८ मा प्रकाशित

वीरगन्ज– नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउदै ३० करोड रुपैयामा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुदा गरिब, विपन्न परिवारका विरामी बाहिर नीजि अस्पतालमा महगो शुल्क दिई एमआरआई गराउन बाध्य बनेका छन् ।

नारायणी अस्पतालमा ८ हजार रुपैयामा हुने एमआरआईका लागि नीजिले करिब दोब्बर मूल्य लिने गरका छन् । नारायणी अस्पतालका रेडियोलोजी विभाग प्रमुख अविनाश झाका अनुसार एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएको छ । ‘सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ,’ झाले भने, ‘सर्ट केशको एमआरआई गरिएपनि लङ केशको एमआरआई गरिएको छैन् ।’

रेडियोलोजी विभागका अनुसार एमआरआई सामान्य अवस्थामा हुदा दैनिक ८ देखि १० वटा विरामीको एमआरआई हुने गरेको थियो । ‘सुरुमा दैनिक ३/४ वटा एमआरआई गरेका थियौ“,‘ रेडियोलोजी विभाग प्रमुख झाले भने, ‘सफ्टवेयरमा समस्या नआउ“दासम्म दैनिक हुने एमआरआईको संख्या ८/१० वटा पुगेको थियो ।’ 

आपूर्तिकर्ता कम्पनीले बाकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले जनाए । बाकी रहेको २० प्रतिशत रकम डलरको रेट बढेका कारण भुक्तानी गर्न नसकिएको हो । अपुग रकम मन्त्रालयस“ग माग गरिएको छ । ‘अमेरिकी डलरको बढेको मूल्यमा बाकी रहेको २० प्रतिशत रकम दिनुपर्ने आपूर्तिकर्ताले अडान लिएका छन्,’ मेसु डा.साहले भने, ‘रकम नदिउन्जेल सफ्टवेयर अपडेट नगर्ने जनाएका छन् ।’  बक्यौता रकम भुक्तानीका लागि मन्त्रालयमा पहल गरिएको उनले खुलाए ।

रकमान्तर गरि बक्यौता तिर्न नमिल्ने भएकाले अर्थमन्त्रालयले अगामी बजेटमा विनियोजन गरेको जानकारी आएको छ । ‘अगामी आर्थिक वर्षको बजेटमा बक्यौता रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ,’ उनले भने, ‘त्यही पत्र हामीले आपूर्तिकर्तालाई पठाएर सफ्टवेयरको समस्या समाधान गरिदिन अनुरोध गरेका छौ“ ।’अस्पतालका अनुसार एमआरआई मेसिन वारेन्टी पिरियडमै रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै हुन्छ । 

गत असोज १३ मा नेपाल सरकारका तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई कक्ष्ँको उद्घाटन गरेका थिए । आन्तरिक परिक्ष्ँण र विशेषज्ञ टोलीहरुले विशेष तालिम लिएपछि एमआरआई मेसिन भित्रिएको ८ महिनापछि गत कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएको थियो ।

जडान हुनु अघि पनि ३० करोड रुपैया लागतको एमआरआई मेसिन अस्पताल परिसरमा करिब साढे २ महना खुल्ला आकाश मुनि थन्किएको थियो ।  त्यसबेला मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यासको अभावको कारण देखाउदा मेसिन जडानमा ढिलाई गरेको थियो ।

जडान भएपछिपनि अस्पतालमा जेनरेटरको अभाव र प्राविधिक कारणले मेसिन ६ महिनासम्म सञ्चालनमा आएको थिएन् । नेपालकै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानल, ३ टेस्ला एमआरआई मेसिनबाट अस्पतालमा सेवा सुरु भएको जनाइएको थियो । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि पर्सा लगायत वारा, रौतहट, सर्लाहीका विरामी अत्यन्त विशिष्ट मानिने इमेजिङ प्रविध एमआरआईबाट लाभान्वित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्