मोहम्मद निजाम एमाले ११औँ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

वीरगञ्ज । नेकपा (एमाले) को आसन्न ११औँ महाधिवेशनका लागि पर्साका चारै निर्वाचन क्षेत्रबाट खुला, महिला, युवा तथा दलित आरक्षित कोटामा गरी कुल ३६ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । लामो छलफल तथा सहमतिको प्रक्रियापछि सबै प्रतिनिधिहरू निर्विरोध रूपमा चयन भएको जिल्ला नेतृत्वले जनाएको छ।

पर्सा क्षेत्र नं. १ बाट युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहम्मद निजामुद्दिन (निजाम) युवा कोटामा महाधिवेशन प्रतिनिधि बनेका छन्। ४० वर्षमुनिका निजामलाई पर्साका युवा पुस्ताको भावी नेतृत्वका रूपमा हेरिएको छ। उनी एमाले प्रदेश कमिटी सदस्यसमेत हुन्। सो क्षेत्रबाट खुला कोटामा वीरगन्ज महानगरका पूर्व मेयर तथा हालका अध्यक्ष विजयकुमार सरावगी, नवराज शर्मा, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, बसरुद्दिन अन्सारी र राजेन्द्र यादव चयन भएका छन्। महिला कोटाबाट मुन्ना दहाल, रञ्जु फुयाँल र सबिता गिरी निर्विरोध बनेका छन्।

पर्सा–२ बाट युवा कोटामा सन्तोष पासवान, महिला कोटामा सीता लामा र रमिला खातुन, खुला कोटामा उस्मान अन्सारी, मनोज कुशवाहा, लियाकत अली र जयनारायण कुर्मी महाधिवेशन प्रतिनिधि बनेका छन्।

पर्सा–३ बाट युवा कोटामा रवि गुप्ता, महिला कोटामा रुवि देवी, उर्मिला देवी र सबिना खातुन तथा खुला कोटामा प्रह्लाद गिरी, प्रद्युम्न चौहान, प्रमोद जयसवाल र शिव पटेल चयन भएका छन्।

पर्सा–४ बाट युवा कोटामा सुवास साह, महिला कोटामा गोकेली रेग्मी र अंशु आनन्द तथा खुला कोटामा जालिम मियाँ, मनोज गुप्ता, लालबाबु श्रेष्ठ र वीरेन्द्र यादव सर्वसम्मत चयन भएका छन्।

यसैगरी दलित आरक्षिततर्फ युवामा अनिल हजारा, महिलामा परमशिला देवी तथा खुलामा मेघराज हजारा र सुरेश पासवान निर्विरोध महाधिवेशन प्रतिनिधि बनेका छन्।

जिल्ला नेतृत्वका अनुसार सर्वसम्मत चयन प्रक्रियाले पार्टीभित्र एकता, समझदारी तथा नयाँ पुस्ताप्रति विश्वासको सन्देश दिएको छ। आसन्न महाधिवेशनमा पर्साबाट सशक्त सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्