सफल हुनु र कमाउनु लुटेरा होइन 

यतिबेला मुलुकमा आर्थिक, सामाजिक र धार्मिक मुद्धाहरु उठाएर बिशेष जात, धर्म र समुदायलाई होच्याउने र गाली गर्ने जस्ता गतिबिधि बढेका छन ।

सम्वादाता | २०८० भदौ २ गते १५: ५३ मा प्रकाशित

राजु श्रेष्ठ
भनिन्छ अप्ठ्यारो र संकटको बेला समाज र परिवार चाहिन्छ केही व्यक्तिले भने देश संकटमा भएको बेला सामाजिक सद्द्भाव बिथोल्ने कामलाई मलजल गर्दैछन । मुलुक कोभिड महामारीको चक्रभ्युबाट तग्रिन नपाउदै चरम आर्थिक संकटको भुमरीमा परेको छ आर्थिक संकटले देशको अर्थ व्यवस्थालाई पुरै उथलपुथल पारेको छ ।

संकटले देशको प्रत्येक वर्ग र क्षेत्रलाई नराम्ररी गाजेको छ शायद यही कारण होला मुलुकमा यतिबेला प्रेम सदभावको साटो आक्रोश र असन्तुष्टि बढेको देखिन्छ ।

मुलुकमा बढदो चरम आर्थिक संकट र त्यसले निम्त्याएको बेरोजगारी र महंगीमा नेपाल सरकार तथा राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिका फितलो छ । त्यसैको फाइदा उठाउदै एउटा जमात सामाजिक सद्दभाव बिगार्ने खेलमा लागेका छन जबकि कुनैपनि व्यक्ति वा समुहले कुनै धर्म तथा बिशेष समुदाय बिरुद्ध बिष वमन गर्नु कानुनी र सामाजिक अपराध हो ।

 

केही व्यक्ति विभिन्न धर्म र समुदाय बिरुद्ध खुल्लमखुल्ला गाली गलौच गर्दै सामाजिक सद्भाव बिगार्ने प्रयासमा छन । यतिबेला मुलुकमा आर्थिक, सामाजिक र धार्मिक मुद्धाहरु उठाएर बिशेष जात, धर्म र समुदायलाई होच्याउने र गाली गर्ने जस्ता गतिबिधि बढेका छन । सरकार र राजनीतिक दलहरु भने मौन छन ।

प्रसङ्ग मारवाडी समुदायको 
करिब दुई सय बर्ष अघि व्यापार व्यवसायको अवसर खोज्दै नेपाल छिरेका मारवाडी समुदायको तेस्रो पुस्ता यतिबेला नेपालमा विभिन्न उद्योग व्यवसाय संचालन गरेर बसेका छन ।

सामान्य किराना तथा कपडा पसल हुदै स-साना दाल, चामल र तेल उद्योग संचालन गर्दै आएका यो समुदायले पछिल्लो समय देशको ठुलठुला उद्योग कलकारखानाको साथै बैंक तथा वित्तीय संस्थाहरु संचालन गरी मुलुकलाई राजश्व र रोजगारी दुबै दिदै आएका छन ।

तर पछिल्लो समय केही व्यक्तिको उक्साहटमा नेपाली मारवाडी समुदाय माथि गम्भीर किसिमको लान्छना लाउदै उनीहरुको राष्ट्रियता माथि नै प्रश्न उठाउन थालेका छन । जुन एकदमै गलत हो । मैले मारवाडी समुदायले गल्ति नै गर्दैन भन्न खोज्या चाही होइन, यदी गल्ति गरेका छन भने दण्डित गरियोस, तर नगरेकालाई त राज्यले सम्मानपुर्वक गरिखाने वातावरण बनाई दिनुपर्छ नी ।

 

नेपाल सरकारले तोकेको कानुनको परिधिमा रहेर उद्योग कलकारखाना संचालन गर्ने, ऋण लिने, बैंक तथा वित्तीय संस्था संचालन गरेर नाफा कमाउने मारवाडी ब्यापारी सबै डाँका लुटेरा हुन भने, नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या लाखौ लाखमा छन, के उनीहरु पनि सबै डाँका र लुटेरा नै हुन त ?

कानुनको परिधिमा बसेर उद्योग व्यापार गरी नाफा कमाउनु अपराध होइन, यदी कसैले अपराधिक क्रियाकलाप गरेर कानुन बिपरित सम्पति कमाएको छ भने त्यो चाही अपराध हो, त्यस्तालाई सजाय हुनैपर्छ र हामी सबै मिलेर बिरोध र बहिष्कार गर्नुपर्छ । मुलुकमा बिधमान संकटको अवस्थामा कसैले कसैलाई गालीगलौच होइन, एक अर्काको धर्म, संस्कृतिक र कामको सम्मान गर्दै समाजमा मिलेर बस्नु नै अहिलेको अवश्यकता हो ।
(पत्रकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा व्यक्ति गर्नु भएको विचार)

 

प्रतिक्रिया दिनुहोस्