खानेपानीको समस्या तत्काल समाधानका लागि वीरगन्ज महानगरपालिकालाई कांग्रेसले बुझायो ज्ञापन

नगरवासीले भोग्नु परेको समस्या तत्काल समाधान गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नु पर्ने काम बिरगंज महानगरपालिका ले अविलम्ब योजना बनाइ खाने पानीको समस्या समाधान गर्नुपर्ने माग गरिएको छ ।

सम्वादाता | २०८० सावन १० गते १६: २३ मा प्रकाशित

वीरगन्ज– लामो समयको खडेरी पछि वीरगन्जमा खानेपानिको हाहाकार मच्चिएको छ। खानेपानीको चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको हाहाकार मच्चिएको हो । यसै विषय लाई लिएर नेपाली कांग्रेस पर्साले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी को नेतृत्वमा आज बिरगंज महामगपालिका को कार्यलयमा गएर ज्ञापनपत्र बुझाइएको छ ।

सो ज्ञापनपत्रमा बिरगंज महानगरपालिका का वासिहरु ले आआफ्नो घर मा जडान गरेका चापाकल वातावरणिय गर्मी को प्रभाव ले गर्दा अधिकांश चापाकल सुकिसकेको नगरवासी मा खाने पानी को समस्या सृजना भइरहेको छ । घरका पुरुष, महिला, बच्चाहरु समेत बिहान बेलुका बाल्टि , ड्रुम , पानी को बोटल लिएर पानी को लागि भौतारिरहेको अहिले सम्पुर्ण नगरवासी ले देख्नुपरेको छ ।

 

आधारभुत हकको रुपमा रहेको खानेपानी सम्बन्धि नीति नियम बनाउन र त्यस्को प्रभावकारी कार्यनयन स्थानिय सरकार को कर्तव्य अन्तर्गत पर्दछ ज्ञापनपत्र मा भनिएको छ। त्यस्तै काकाकुल नगरवासीले भोग्नु परेको समस्या तत्काल समाधान गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नु पर्ने काम बिरगंज महानगरपालिका ले अविलम्ब योजना बनाइ खाने पानीको समस्या समाधान गर्नुपर्ने माग गरिएको छ ।

पानीको समस्या तत्काल समाधानका लागि हरेक वडा चौकमा खाने पानीको धारा जडान गर्नु पर्ने, त्यस्तै खाने पानी सस्थान बाट पानी वितरण गर्न ब्यवस्था मिलाउनु पर्ने, वडाहरु मा भएका इनारहरु लाई सफा गर्न लगाउने पर्ने उपाएहरु बताइएको छ । तस्तै दीर्घकालीन समाधानका लागि खाने पानी को पाइप बिस्तार गर्नु पर्ने, दिप बोरिङ को लागि योजनाहरु बनाइ त्यस्को बिस्तार गर्नु पर्ने, वडाहरु मा वृक्षरोपण गर्नु पर्ने उपाए बताइएको छ ।

सो ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस पर्सा का नेता लगायत नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाली कांग्रेस अन्तर्गत रहेको महिला संघ का नेताहरु को उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्