३२ वर्षिया मृर्गौला रोगी खड्काको घरमै पुग्यो बीस लाखको चेक

जितपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती निवासी मृगौला रोगी रञ्जीता खड्कालाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जितपुर शाखाले घातक रोग सुविधा अन्र्तगत बीस लाख रुपैंया प्रदान गरेको छ ।

सम्वादाता | २०७९ जेठ २२ गते १८: ५८ मा प्रकाशित

वीरगञ्ज - बाराका एक मृर्गौला रोगीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जितपुर शाखाले घातक रोग सुविधा अन्र्तगत बीस लाख रुपैंया प्रदान गरेको छ । शाखा प्रमुख कमलेश कुमार कर्णले जितपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती निवासी मृगौला रोगी रञ्जीता खड्काको परिवारलाई घरमै पुगेर बीस लाखको चेक हस्तान्तरण गरेका हुन् । बीस लाखको १५ वर्षीय जिवन विमा गराएकी खड्काले मात्रै २ किस्ता तिरेको अवस्थामा घातक रोग लागेको पाइएपछी विमितलाई सहज होस् भनेर सुविधाका लागि फारम भरेको डेढ महिनामै चेक पुर्याउन घरमा आएको कर्णले दावि गरे ।
नियमानुसार कम्पनीले विमितले लिएको घातक रोग सुविधा वापत नै रकम दिएको भए ता पनि आफुलाई यसले निकै राहत पुगेको खड्काका श्रीमान् सूर्य प्रसाद पकुवालले बताए । रोजगारीको शिलशिलामा दक्षिण कोरीया रहेका उनी श्रीमतीलाई मृर्गौलामा समस्या देखिए देखि नेपालमै छन् र अस्पताल धाइरहेका छन् । मन भरी पिडा बोकी बेरोजगार रुपमा अस्पताल धाइरहेको बेला जिवन विमाबाट प्राप्त गरेको घातक विमा सुविधाले मनकारी मित्रले साथ दिए झैं महसुस भएको पकुवालले जिकिर गरे ।
सुविधा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले कम्पनीलाई धन्यवाद दिंदै भने“रोग लागि सकेपछी उपचारका लागि रातदिन नभने चन्दा उठाउन लागि पर्नु भन्दा स्वस्थ र समान्य अवस्थामा हुँदा जासोतसो विमा गरे वेश हुने रहेछ” । अस्पतालको सुचना र स्थानिय निकायको सिफारीसलाई आधार मानेर विल भर्पाइको झंझट विना सिंगो विमा बराबरको रकम पाउनुले विरामीलाई राहतका दिनुका साथै दौडधुप र तनाव पनि कम दिएको श्रेष्ठले बताउनुभयो ।
गत २०७७ साल माघमा मृर्गौला फेल भएको ३२ वार्षिया रञ्जीता खड्काको गएको ०७८ कार्तीक २५ गते मृर्गौला प्रत्यारोपण गरिएको उनका परविारजनले जानकारी दिए । अहिले उनी काठमाण्डौंमा बसेर फलोअप चेकअप गराइरहेकी छिन् । कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर श्रीराम साह, स्थानिय सरस्वती पकुवाल, सुमीत्रा घोरासाइने, पुजा पन्त, नवराज घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्