नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन

पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।

सम्वादाता | २०८० माघ १० गते १७: ५० मा प्रकाशित

वीरगन्ज– नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी ९पुस्तकालय०को एक कार्यक्रमकाबीच बिहीबार उदघाटन भएको छ । वीरगन्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निर्माण गरेको लाईब्रेरीको उदघाटन भएको हो ।
वीरगन्ज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।
अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वीरगन्ज लेडिज सर्कल की अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् ।
साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने विश्वास व्यक्त गरीन । कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कल कि उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्