वीरगन्जका ५ वटा नीजि स्कुलमा महानगरको शिलबन्दी

सम्वादाता | २०८१ जेठ २९ गते १७: १७ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको नगर क्षेत्रमा अनुमति बिना सञ्चालनमा रहेका ५ वटा नीजि विद्यालयमा मंगलबार शिलबन्दी गरिएको छ । वीरगन्ज १२ मुर्ली बगैंचामा सिजी एजुकेशनद्धारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह मन्टेश्वरी कक्षा निनोस वीरगन्ज बिना अनुमति सञ्चालनमा रहेको पाइएकाले महानगरपालिकाको शिक्षा समितिको अनुगमन टोलीले शिलबन्दी गरेको हो । महानगरपालिकाका शिक्षा अधिृकत आनन्द लामिछानेले यसैगरि वीरगन्ज २५ सगौलीमा २०५७ देखि बिना अनुमति सञ्चालनमा रहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि सञ्चालनमा रहेको ए.एस. नलेज एकेडेमीमा समेत शिलबन्दी गरिएको बताए । वीरगन्ज १८ भवानीपुरमा सञ्चालित रहेको सुरज एकेडेमी र बुद्ध एकेडेमीमा पनि शिलबन्दी गरिएको महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जनाए । 

प्रतिक्रिया दिनुहोस्