शिक्षालयले अब प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्छ : उपमेयर आलम

बिकन माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सम्वादाता | २०७९ माघ २८ गते २२: १८ मा प्रकाशित

वीरगन्ज– बिकन माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पानसमा बत्ती बालेर बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम पश्चात बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्यायले स्वागत मन्तव्य राखि कार्यक्रमको सुचारु गर्नु भएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुति एवम् शैक्षिक प्रर्दशनी समेत गरिएको थियो । बिकन माध्यमिक विद्यालय का प्रधानाध्यापक प्रकाश उपाध्यायले वार्षिकोत्सव कार्यक्रममा वीरगंज महानगरपालिकाका उप(प्रमुख इम्तियाज आलमलाइ मायाको चिन्ह दिएका थिए । 

उपप्रमुख इम्तियाज आलमले विधार्थीहरुले बनाएको बिभिन्न किसिमको बस्तुहरु को अवलोकन गर्दै भने उप(प्रमुख आलमले भने आजका विधार्थी भविष्यका कर्णधार हुन र विधार्थीले नै देश निर्माण र समाज निर्माण गर्ने भोलिको कर्णधार हुन तथा अब शिक्षालयहरुले प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिँदै बिकन स्कुलले हासिल गरेका उपलब्धीहरुको प्रशंशा गरेका थिए ।

उक्त बार्षिकोत्सव कार्यक्रम वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्व तथा बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगंज महानगरपालिका का वडा नं ४ का वडा अध्यक्ष जतत साह कानु, वीरगंज महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार,वीरगंज महानगरपालिकाका कर्मचारी कमल महतो, वीरगंज महानगरपालिकाका उप(प्रमुखका स्वकिय सचिव शेष हजरा,धर्मराज यादव ,कमल महतो,पत्रकार राहुल गुप्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्