वीरगञ्ज – वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
हाल बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश कृषि प्रधान भनिएता पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगत रुपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
स्वंयसेवक शिक्षकलाई प्रचलित तलब स्केलको ५० प्रतिशत हुने गरि निर्वाह खर्च दिने महानगरपालिका कार्यालयले जनाएको छ । विभिन्न विषयमा आधारभूत तह ६–८ का लागि १०६ जना स्वंयसेवक शिक्षक माग गरेको महानगरले माद्यमिक तहका लागि ७४ जना शिक्षक माग गरेको छ ।
यसपाली एसइइ परिक्ष सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्