सडन डेथमा वीरगन्जलाई हराउदै नेपाल पुलिस वीरगन्ज गोल्डकपको फाइनलमा
सडन डेथमा नेपाल पुलिस क्लबका हेमन्त श्रेष्ठ र विवेक सन्तोषीले एक/एक गोल गरे । सिटी क्लबका मुसाले एक गोल गरेपनि राजन चौधरीले सडन ढेथमा प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपरले छेकेका थिए ।
वीरगन्ज – सडन ढेथमा आयोजक भेट्रान्स सिटी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो समीफाइनल खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल गर्न सकेका थिएनन् । कडा प्रतिस्पर्धाका बीच दुबै टीमले गोल गर्ने अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् ।
पेनाल्टी सुट आउट पनि बराबरीमा टुंगीएको थियो । पेनाल्टीमा दुबैले ३/३ गोल गरेका थिए । त्यसपछि सडन ढेथमा नेपाल पुलिस क्लबले १–२ ले भेट्रान्स सिटी क्लबलाई पराजित गरेको हो । सडन डेथमा नेपाल पुलिस क्लबका हेमन्त श्रेष्ठ र विवेक सन्तोषीले एक/एक गोल गरे । सिटी क्लबका मुसाले एक गोल गरेपनि राजन चौधरीले सडन ढेथमा प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपरले छेकेका थिए ।
पुलिस क्लबका उज्वल राई, प्रताप गुरुङ, पृथवी चौधरीले पेनाल्टी सुट आउटमा गोल गरेका थिए भने सिटी क्लबका अबि लामा, सुजल डगोंल र राजु नगरकोटीले गोल गरेका थिए । नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरी म्यान अफ दिन म्याच घोषित भएका थिए । चौधरीलाई आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले नगद १० हजार रुपैया“ पुरस्कार प्रदान गरेका थिए ।
त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लबबीच बिहीबार दोस्रो सेमिफाइनल खेलिने छ । गत कात्तिक १८ देखि सुरु भएको प्रथम वीरगनज गोल्डकपको फाइनल खेल शनिबार खेलिने छ । वीरगन्ज महानगरपालिका मूख्य प्रायोजक रहेको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् । वीरगन्जको आदर्शनगर रंशालामा दर्शकका लागि अस्थायी प्यारफिट निर्माण गरिएको छ ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्