पर्सागढीमा भुमीहिनका लागि जग्गाको नाप नक्सा कार्यको शुरुवात

राष्ट्रिय भूमि आयोग पर्साको आयोजनमा पर्सागढी नपालिकाको वडा नम्बर २ मा नाप नक्सा कार्य उदघाटन भएको छ ।

सम्वादाता | २०७९ भदौ १५ गते १९: ३९ मा प्रकाशित

वीरगञ्ज - राष्ट्रिय भूमि आयोग पर्साको आयोजनमा पर्सागढी नपालिकाको वडा नम्बर २ मा नाप नक्सा कार्य उदघाटन भएको छ ।
भूमि आयोग पर्साको समन्वयमा नगरपालिकाको वडा नम्बर २ बाट आज बुधबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो ।

भुमी आयोगका अध्यक्ष अहमद र नगरपालिकाका प्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा नापनक्सा गर्ने मेसीनको रिमोट थिचेर नापनक्सा कार्यको सुभारम्भ गरेका छ ।
पर्सागढीमा जग्गाको नापजाँचसहित अरु पालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा भूमिहिन सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिएका छन् ।


उक्त वडाको विकास संस्थाबाट जग्गा नापजाँचको कार्य जारी रहेको अहमदले बताए । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा वडा २ बाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए। सबैभन्दा बाक्लो बस्ती भएको टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको हो ।

यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी निवेदन दर्ताको निस्सा वितरण गरिएको छ । चुनाव अगावै उक्त लिकामा नापनक्साको कार्य अगाडी बढाउनले भुमी अयोग पर्साका अध्यक्ष अहमदले बताए ।

भूमि आयोग पर्सा सदस्य सचिव एवंम् प्रमुख नापी अधिकृत नारायण कुमार श्रेष्ठले पर्साका सबै पालिकामा रहेका भुमीहिन सुकुम्बासीहरुका लागि नापी कार्यालयले भुमी आयोगसंगको सहकार्यमा नापनक्साको कार्य अगाडी बढाएकोे जानकारी दिएका छन् ।‘एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ’, उनले भने। पर्सा जिल्लामा एक महानगरपालिका , तीन नगरपालिका र १० वटा गाउंपालिका रहेका छन् ।


भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा प्रमुख अथिती पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक , उपप्रमुख पुजा चौधरी , आयोगका कर्मचारी , स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्