असार १५ अर्थात् धान दिवस : नेताहरु फोटो खिच्दै , किसानहरु मल खोज्दै

सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा अहिले पनि उस्तै

सम्वादाता | २०७९ असार १५ गते १७: ३८ मा प्रकाशित

पर्सा – कृषिप्रधान देश भएकोले पनि सरकारले असार १५ लाई धान दिवसको रूपमा आज बिभिन्न कार्यक्रम गरि मनाइएकोे छ । किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन्। बालीनाली लगाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने अन्योलमा छन् किसानहरु ।

यता पर्सा जिल्लामा खुसीका साथ आज असार १५ लाई धान दिवस मनाइरहेका मनाइएको छ । पर्साका विभिन्न पाटीका नेता कार्यकर्ताहरुलेले धान दिवसमा खेतमा गएर फोटो खिचाउने काम , रमाईलो गर्ने र किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने आदी रुपमा मनाएका छन् ।
जिल्लामा रासायनिक मलको अभाव हुदाँपनि नेताहरु ध्यान नदिएको किसानहरु गुनासो गरेका छन् । मल नभई नहुने अवस्था रहेको किसानहरु बताउँछन् । किसानले बिउ तयार भइसके पनि रासायनिक मल नहुँदा रोपाइँ सुरु गर्न सकेका छैनन् । ‘रोपाइँ गर्ने बेला भइसक्यो तर मल पाएको छैन’, पर्सागढीका ३ का किसान रामप्रसाद चौधरी भन्छन्, ‘मल बिना कसरी रोपाइँ सुरु गर्ने ?’

पर्सागढीका ३ का अर्को किसान बिन्देस थारु भन्छन, ‘सरकारले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिँचाइको समस्यामा अल्झिन बाध्य छन् । किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान खोजेका छैनन् । सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा अहिले पनि उस्तै छ । अब रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको बताउँछन् ।’

यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण असार १५ गते हुँदा पनि अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । असारको मध्यसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रका पर्साले जनाएको छ । समयमै पानी नपर्दा र मल अभाव भएकाले यस वर्ष अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ सकिएको हो ।

गत वर्ष असार १५ गतेसम्म जिल्लामा करिब ३५/४० प्रतिशत रोपाइँ भइसकेको थियो । तर यो बर्ष सिंचाइ र मलको अभावका कारण रोपाइँ हुन सकेको छैनन् ।
‘यो वर्ष मनसुन समयमै सक्रिय नुहँदा रोपाइँ ढिला भयो’, कृषि ज्ञान केन्द्रका वागवानी अधिकृत श्याम किशोर प्रसाद कुमीले भने, ‘पानी नपर्दा कतिपय ठाउँहरुमा किसानले अहिलेसम्म धानको ब्याड राख्न सकेका छैनन् । नदी किनार क्षेत्रमा बाहेक अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन ।’

जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ६० हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । धान बालीका लागि कम्तिमा ३० हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ । तर, धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ ।

प्रतिक्रिया दिनुहोस्