वीरगञ्जमा करको समस्या समाधान गर्न मेयर सिंह र उद्योगी व्यवसायिबिच छलफल

असार १० गते हुन लागेको परिषदमा करको समस्यालाई सम्बोधन गर्न उद्योगी व्यवसायि संग छलफल गरिएको हो।

सम्वादाता | २०७९ जेठ ३० गते १८: १८ मा प्रकाशित

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र  उद्योगी व्यवसायि बिच आज कर सम्बन्धि छलफल भएको छ । असार १० गते हुन लागेको परिषदमा करको समस्यालाई सम्बोधन गर्न उद्योगी व्यवसायि संग छलफल गरिएको हो । सहज तरिकाले अनिवार्य कर तिर्ने वातावरणको बिकाश गर्न राय संकलन गरिएको मेयर सिंहले बताउनुभयो  । महानगरले अनावश्यक र बढी कर संकलन गरेको आरोप लागेकोले करलाई बिशेष प्राथमिकतामा राखेर छलफल गरिएको सिंहले बताउनुभयो । बैठकमा सहभागिले महानगरले अनावश्यक कर उठाएको आरोप लगाउदै त्यस्ता कर हटाउन माँग गरेका थिए। व्यवसायिहरुले  करको दायरा बढाउन निति बनाउन मेयर संग अनुरोध गरेका थिए । उनीहरुले अव्यवहारिक तरिकाले कर लिन खोज्दा जनता मारमा परेको गुनोसो समेत गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ, होटल व्यवसायि, यातायात व्यवसायि, बिद्यालय, अस्पताल,उपभोक्ता, बैंक लगायत क्षेत्रका प्रतिनिधिहरुले आ आफनो सुझाव दिएका थिए । वीरगञ्ज महानगरको सभाहलमा सम्पन्न कार्यक्रममा उपमेयर  ईमतियाज आलम लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्