बिन्दवासिनी गाउँपालिकामा तालिका अनुसार दिवा खाजा नखुवाएको गुनासो बढेपछि अध्यक्षद्वारा अनुगमन

बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पालिकाका विभिन्न सामुदायिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।

सम्वादाता | २०७९ जेठ २५ गते १८: ३५ मा प्रकाशित

वीरगञ्ज - पर्साको बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पालिकाका विभिन्न सामुदायिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।
मंगलबार वडा नं. ५ मा रहेको श्री ने.रा.प्रा.वि. बटसौरामा तालिका अनुसार विद्यालयले बालबालिकाकाहरुलाई तालिका विपरित खाजा खुवाएको स्थानियहरुले गुनासो गरेपाछि आज बुधवार अनुगमन तथा निरीक्षण गरेको हो । पालिकाका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयको शैक्षिक अवस्थासँगै मुख्यमगरी दिवा खाजाको विषयमा अध्यक्ष तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजु साहसहितको टोलीले जानकारी लिएको छ ।
अनुगमनका क्रममा अधिकांश विद्यालयमा तालिकाअनुसार दिवा खाजा वितरण नभएको पाइएको अध्यक्ष तिवारीले बताए । ७ दिनको समय दिँदै सो अवधिभित्र तालिकाअनुसार दिवा खाजा वितरण गर्न विद्यालयलाई अध्यक्ष तिवारीले निर्देशन दिएका छन् । साथै ७ दिनभित्र पनि सुधार नभएमा अभिभावक वा विद्यार्थीहरुले प्रत्यक्ष पालिका अध्यक्षलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन् ।
सोही अवसरमा हरेक विद्यालयमा दिवा खाजाको तालिका पनि वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । तालिकाअनुसार आइतवार हलुवा, खिर, सोमवार कुखुराको मासु र भुजा, मंगलवार सेवई, बुधवार अण्डा, बिहिवार चना र मीठा र शुक्रवार समयअनुसारको फलफुल वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्