काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।मंगलबार साँझसम्म नतिजा प्रकाश गर्ने तयारी बोर्डले गरेको हो।
साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने गरी तयारी भएको बोर्डका एक सदस्यले जानकारी दिए।नतिजा सार्वजनिक गर्न बोर्डले दिउँसो साढे तीनबजे बोर्ड बैठक बोलाएको छ।बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाशन गर्ने उद्देश्यले बैठक बोलाइएको बताए।
‘बोर्डको बैठक बोलाइएको हो। दुई तीन दिनदेखि बैठक भइरहेको छ,’ अर्यालले भने,‘आज नतिजा आउने सम्भावना छ।’ गत जेठ २६ गते कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो।कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए।
मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्