अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने

सेवाग्रहीले अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने भएका छन्।

सम्वादाता | २०७९ असार १९ गते १६: २१ मा प्रकाशित

काठमाडौं - सेवाग्रहीले अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने भएका छन्। यसअघि आवेदन दिएको एक महिनापछि पाउने गरे पनि सेवाग्रहीले अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने भएका हुन्।

१०–१५ दिनभित्र राहदानी पाउने व्यवस्था मिलाइएको भन्दै सरकारले जिल्लाबाटै सेवा लिन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन आएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था मिलाइएको भन्दै राहदानी विभागले जिल्लाबाटै सेवा लिन आग्रह गरेको हो।

 जिल्लाबाट राहदानी पाउन समय लाग्ने भएपछि विगत तीन महिनादेखि राहदानी विभागमा सेवाग्रहीहरूको संख्या ह्वात्तै बढेको थियो।

काठमाडौं उपत्यका भित्रका जिल्ला र काभे्रमा आवेदन गर्नेहरूले एक साता र अन्य जिल्लाका सेवाग्रहीले १० देखि १५ दिनभित्र राहदानी पाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

‘काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ताभित्र र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसर्थ, अत्यन्त जरूरी परेका सेवाग्रहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र कम जरूरी हुनेले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनहुन अनुरोध छ।’

विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीमा निरन्तर सुधार भइरहेको जनाउँदै विभागले सार्वजनिक विदाका दिनमासमेत सेवा दिइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्