थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ३५८ जनामा कोरोना परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्वादाता | २०७९ असार १३ गते १६: २५ मा प्रकाशित

काठमाडौं - पछिल्लो २४ घण्टामा ३ हजार ३५८ जनामा कोरोना परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी थप ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना संक्रमण मुक्त भएका छन् । अब देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्