पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

केहीदेखि न्यून संख्यामा पुष्टि भइरहेको कोरोना संक्रमण बिहीबार एक्कासी बढेको छ।

सम्वादाता | २०७९ असार ९ गते १८: ०२ मा प्रकाशित

काठमाडौं - केहीदेखि न्यून संख्यामा पुष्टि भइरहेको कोरोना संक्रमण बिहीबार एक्कासी बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौविस घण्टामा ४९ जनामा संक्रमण पुष्टी भएको छ।

मन्त्रालयका अनुसार १२३४ पिसिआर टेस्ट र १२६० एन्जिजेन परीक्षणबाट ती व्यक्तिमा संक्रमण पुष्टी भएको हो। योबीचमा कसैको निधन भने भएको छैन। १२ जना संक्रमित निको भएका छन्। देशभरि १६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्