वीरगञ्ज - वीरगञ्जमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिने उदेश्यले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत सोमबार यहाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्रै जाऔँ’ भन्ने सन्देश प्रवाह गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । पछिल्लो समयमा बढ्दै गरेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि नेपाल सरकारले नै थालेको सामी परियोजना पर्साको वीरगन्ज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकामा सन्चालित छ । सोमबारको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाका रामदयाल प्रसाद यादवका साथै विभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्