प्रधानमन्त्रीका भान्जाको बढुवाका लागि सशस्त्रको बढुवाको सूचना हटाइयो : सांसद अधिकारी

एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाका भान्जाको बढुवाका लागि गृहमन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले सशस्त्रको बढुवासम्बन्धी सूचना वेवसाइटबाट हटाएको आरोप लगाएका छन्

सम्वादाता | २०७९ जेठ २७ गते १४: ४३ मा प्रकाशित


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाका भान्जाको बढुवाका लागि गृहमन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले सशस्त्रको बढुवासम्बन्धी सूचना वेवसाइटबाट हटाएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

‘गृह मन्त्रालयले केही अगाडि बढुवासम्बन्धी एउटा सुचना जारी गर्‍यो । सशस्त्र प्रहरी सेवा, सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूह, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका केही रिक्त पदमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ९ को उपनियम १ को ‘क’ बमोजिम बढुवा पद परिपूर्ती गर्नुपर्ने भएकाले साधारण समूह, साधारण उपसमूह ऐजन नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतासमेत लिएर आउन भनेर सूचना जारी गर्‍यो,’ उनले भने । 

प्रधानमन्त्रीको आफ्ना भान्जाको बढुवा गर्नुपर्ने भएकाले उक्त सूचना थाहै नदिइकन वेबसाइटबाट हटाएको बताए । 

‘यहाँ आएको सूचनाअनुसार प्रधानमन्त्रीज्यूको छेवैमा बसेको उहाँको धेरै नजिकको भान्जा वा के नाता पर्ने जुनियरलाई तान्‍नुपर्ने भएकाले एकाएक वेबसाइटबाट सूचना हटाइएको छ,’ उनले भने, ‘यसरी गृह प्रशासन चल्छ रु प्रधानमन्त्री कार्यालय छिरे भन्दैमा गृह प्रशासनमा न्याय दिने ठाउँमा रहेका पदाधिकारीको बढुवामा यहाँसम्मको अत्याचार गर्न मिल्छ रु एकाएक निकालेको सूचना स्थगित हुन्छ भने गृह मन्त्रालयलाई यो पैसा किन चाहिएको हो रुु

वैशाख ९ मा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र सूचना प्रकाशित गरिएको थियो । अहिले सूचना हटाएपछि विवाद भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्