लाइसेन्सका लागि दिइएको सबै अनलाइन आवेदन रद्द , अब नयाँ आवेदन खुला

यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

सम्वादाता | २०७९ जेठ १६ गते १९: ४९ मा प्रकाशित

वीरगञ्ज – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले आज सोमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो ।

अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्