एप्पलले बनाउन छाड्यो आफ्नो यो चर्चित उपकरण

दुई दशकअघि पहिलो पटक सार्वजनिक गरिएको यो उपकरण अब निर्माण नगर्ने घोषणा एप्पलले गरेको हो।

सम्वादाता | २०७९ बैशाख २९ गते १०: ३७ मा प्रकाशित


काठमाडौं, वैशाख
कुनै समयमा संगीत प्रेमीहरूका लागि बनाइएको एप्पल आइपडको व्यावसायिक यात्रा बन्द हुने भएको छ। दुई दशकअघि पहिलो पटक सार्वजनिक गरिएको यो उपकरण अब निर्माण नगर्ने घोषणा एप्पलले गरेको हो। तर एप्पल स्टोरमा बाँकी रहेका आइपड भने किन्न सकिने कम्पनीले जनाएको छ।
सन् २००१ अक्टोबर २३ मा पहिलो पटक आइपड सार्वजनिक भएको थियो । यो पहिलो एमपी थ्री प्लेयर थियो जसमा हजारभन्दा बढी गीत राख्न सकिन्थ्यो। यसको ब्याट्री १० घन्टासम्म चल्ने कम्पनीको दाबी थियो । एप्पल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले आइपड निर्माण बन्द हुने आधिकारिक घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘एप्पलका उपकरणमा संगीत सधैं मुख्य हिस्सा रहँदै आएको छ। जसरी आइपडले गीत९संगीतलाई लाखौं मानिससम्म पुर्यासयो, त्यो एक संगीत उद्योगले पुर्या्उनेभन्दा बढी प्रभावकारी थियो । आइपडले गीतसंगीत सुन्ने तरिकालाई पुनः परिभाषित गरिदियो।’
अचेल एप्पलका सबै उपकरणमा एप्पल म्युजिक हुने भएकाले यिनै उपकरणमा आइपड जीवित रहिरहने पनि उनले बताए। एप्पलले पछिल्ला वर्षमा आइपडका दर्जन संस्करण ल्याएको थियो। तर आइफोन र यसका अन्य उत्पादनमा पनि एप्पल म्युजिकको सुविधा भएकाले यसको लोकप्रियता कम हुँदै गएको थियो ।
यसकारण कम्पनीले सन् २०१४ देखि आइपडका मोडलहरू चरणबद्ध तरिकाले उत्पादन बन्द गर्न थालेको थियो। सन् २०१४ मा कम्पनीले आइपड क्लासिक बनाउन बन्द गर्यो । सन् २०१७ मा आएर सबभन्दा सानो म्युजिक प्लेयर आइपड नानो र आइपड सफल बनाउन छाड्यो । आएपडको टच मोडल पनि आएको थियो । टच स्क्रिन भएको यो आइपड सन् २००७ मा सार्वजनिक भएको थियो। अन्तिम पटक यसलाई सन् २०१९ मा अपडेट गरिएको थियो । यसको मूल्य १९९ डलर पर्थ्यो। यसमा टच स्क्रिनका साथै इन्टरनेट चल्ने सुविधा पनि थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्