माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

सम्वादाता | २०७८ भदौ १८ गते ००: ०० मा प्रकाशित

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब ३० करोड डिभाइसमा विन्डोज १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्