मिटर ब्याज पीडितसँग गृहमन्त्रीको पाँच घण्टा वार्ता, सहमति हुन सकेन

मिटर व्याज पीडितसंग सम्वाद गर्र्दै गृहमन्त्री सुदन गुरुङ ।

बारा । मिटर ब्याज तथा ठगीविरुद्ध काठमाडौंतर्फ पैदल न्याय मार्च गरिरहेका पीडितहरूसँग गृहमन्त्री सूदन गुरुङले बाराको निजगढमा करिब पाँच घण्टा छलफल गरेका छन्। आन्दोलनरत पक्षका ६ बुँदे मागबारे भएको वार्तामा दुवै पक्षबीच तत्काल कुनै औपचारिक सहमति हुन सकेन।

जनकपुरबाट असार २५ गते शुरू भएको पैदल यात्राका सहभागीहरूले फर्जी लिखत खारेज, मिटर ब्याजविरुद्ध विशेष ऐन, विशेष न्यायाधीकरण गठन, साहुमहाजनको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

छलफलमा गृहमन्त्री गुरुङले समस्या समाधानका लागि आवश्यक कानुनी सुधारबारे सम्बन्धित निकायसँग परामर्श गरी पुनः वार्ता गरिने बताएका छन्। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले भने ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्