पर्सागढीमा प्रथम विरुवागुठी नकआउट फुटबल कप सञ्चालनमा

सम्वादाता | २०८१ कार्तिक २५ गते १६: ४५ मा प्रकाशित

वीरगन्ज– स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद नाराका साथ पर्साढी नगरपालिका वार्ड नम्बर ३ स्थित बिरुवागुठी युथ क्लब पर्सागढी बढनिहारको आयोजनामा पर्सागढी नगरपालिका वाडा नम्बर ३ को मिनी रङ्गशालामा प्रथम बिरुवागुठी नकआउट फुटबल कप क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा शनिबार उद्घाटन गरिएको छ। 

मुख्य प्रायोजक पर्सागढी नगरपालिका र पर्सागढी नगरपालिका वडा नं ३ को कार्यालय रहेको छ । उद्घाटन खेल तथा मिनी रङ्गशालाको को प्रमुख अतिथि पर्सागढी नगरपालिकाको नगरप्रमुख गोकर्ण पाठकले गरेका छन्।  
प्रमुख अतिथिले उद्घाटन गर्दै पर्सागढी नगरपालिकाले विकासको लहर सँगसँगै खेलकुदलाई पनि प्राथमिकताको साथ राखेको छ। पर्सागढी नगरपालिकाको अवधारणा यो छ कि हरेक वडाहरूमा एउटा एउटा खेलकुद मैदान हुनुपर्छ। 
प्रत्येक वार्डमा खेलकुद मैदान भयो भने नगरपालिकामा रहेका युवाहरू खेलकुद गर्न सक्छन् भन्ने मन्तव्य नगर प्रमुखले व्यक्त गरेका थिए। 

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि वर्षागढी नगरपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष सुकमान तमाङ खेलकुदले आज हाम्रो देश पनि बाहिर चिनाउन सकिरहेका छौं । भर्खरै भएको महिला फुटबल प्रतियोगितामा हाम्रै देशका महिला खेलाडीहरूले खेल खेली हाम्रो देशको गौरव बढाएका थिए। खेल पहिला आफ्नै गाउँ ठाउँबाट सुरु हुन्छ। त्यसपछि हामी जिल्ला प्रदेश राष्ट्रिय अन्तर्राष्ट्रिय मा खेल्न सक्षम हुन्छौँ। 

त्यसैले खेललाई सकारात्मक रुपमा लिएर खेलाडीहरुले खेल्नुपर्छ भन्ने मन्तव्य वडाध्यक्ष ले व्यक्त गरेका थिए।
 पहिलो दिनको खेलमा वीरगञ्ज युथ एकेडेमी वीरगंज र रतनपुर युनाइटेड रतनपुर बीच भएको थियो । 
दुवै टिमले खेलको पहिलो हाफमा गोल गर्न सकेको थिएन।  खेलको दोस्रो हाफको १५ औँ मिनेटमा रतनपुर युनाइटेड का १९ नम्बर जर्सी आनन्द चौधरीले एक गोल गरी आफ्नो टिमलाई अग्रता दिएका थिए ।

खेल समय अवधि बीरगञ्ज युथ एकेडेमीले गोल गर्न नसकेपछि रतनपुर युनाइटेड क्लबले गरेको एक गोल नै निर्णायक गोल भएको थियो। क्लबले प्रसागढी नगरपालिका वडा नम्बर ३ अन्तर्गत रहेका भूतपूर्व खेलाडीहरू मुक्तिपाठक, योगेन्द्र चौधरी , रामपित चौधरी लगायतका खेलाडीहरूलाई सम्मानपत्र तथा खादा उढाई सम्मान गरेको थियो। खेल को उत्कृष्ट खेलाडी रतनपुर युनाइटेड रतनपुर का १९ नम्बर जर्सी आनन्द चौधरी रहेका थिए चौधरीलाई नगद सम्मानपत्र ले नगरप्रमुख पाठकले सम्मान गरेका थिए।

कार्यक्रममा अतिथि कार्यपालिका सदस्य सीतालामा, वडा सदस्य रामजीवन खाथारु, सर्वद दास, क्लबका पदाधिकारी,  डाक्टर चन्द्रभूषण सिंह, समाजसेवी लगायतका सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य क्लबका सहसचिव कुमार तामाङले गरेका थिए।कार्यक्रमको सहजीकरण क्लबका वरिष्ठ सल्लाहकार विक्रम कार्कीले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्