उपमेयर इम्तियाज आलमले गरे श्री भवानी मेलाको उद्धघाटन

वडा नम्बर २२ का वडाध्यक्ष द्धवारिका महतोले यस्तो मेला हरेक वर्ष युवाहरुले आयोजन गर्न सुझाव दिएका थिए ।  

सम्वादाता | २०८१ बैशाख ५ गते १८: ३३ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वडा नम्बर २२ जगरनाथपुरमा रामनवमीको अवसरमा आयोजित श्रीभवानी मेलाको उद्ध्घाटन गरेका छन् । जगरनाथपुर युवा क्लबद्धारा आयोजित श्रीभवानी मेलाका प्रमुख अतिथी उपमेयर आलमले फिता काटेर मेला उद्धघाटन गरेका थिए । मेलामा कुस्ती प्रतियोगिताको आयोजन गरिएको थियो । कुस्ती प्रतियोगितामा विभिन्न ठाउका खलिफाहरु सहभागि थिए ।
खलीफाहरुसंग हात मिलाएर कुस्ती गराएका थिए आललमले । यस्ता खेलकुद गतिविधी आयोजना गरेकोमा उपमेयर आलमले आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । अगामि दिनमा समेत कुनै किसिमका सहयोग चाहिएमा आफू सहयोग गर्न तत्पर रहेको उनले प्रतिवद्धता समेत जाहेर गरेको उपमेयरका प्रेस सल्लाहकार मोहम्मद सदाबले जनाएका छन् । वडा नम्बर २२ का वडाध्यक्ष द्धवारिका महतोले यस्तो मेला हरेक वर्ष युवाहरुले आयोजन गर्न सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्