प्रो क्लब च्याम्पियन सिपमा पर्साको नेतृत्व सन्दीप लामिछानेले गर्ने

क्रिकेट एशोसिएशन पर्साका सचिव घनश्याम गुप्ताले राष्ट्रिय टोलीका पूर्व कप्तान लामिछानेको नेतृत्वमा सोमबार पर्सा ११ टीमको घोषणा गरिएको जानकारी दिए ।

सम्वादाता | २०८० पौष २ गते १७: ५१ मा प्रकाशित

वीरगन्ज– पुस ५ गते देखि वीरगन्जको नारायणी क्रिकेट रंगशालामा हुने प्रो क्लब क्रिकेट च्याम्पियन सिपको दोस्रो संस्करणमा पर्सा ११ टीमको नेतृत्व सन्दिप लामिछानेले गर्ने भएका छन् । क्रिकेट एशोसिएशन पर्साका सचिव घनश्याम गुप्ताले राष्ट्रिय टोलीका पूर्व कप्तान लामिछानेको नेतृत्वमा सोमबार पर्सा ११ टीमको घोषणा गरिएको जानकारी दिए ।
गुप्ताका अनुसार पर्सा ११ टीमका लागि संदीप लामिछाने (कप्तान), हासिम अन्सारी, सुरज पटेल, सैफुल्लाह अन्सारी, सराजुल आलम, समसाद अन्सारी, समसाद मन्सुरी, इमरान शेष, रन्जीत कुमार, असाहब हुसैन, नसीरुदिन अन्सारी, अलफाज मंसुरी, अनिल साह, पवन सर्राफ, रुपेश सिंह छनोट भएका छन् । टिम मैनेजरमा नेहाल अहमद र टिम कोचमा कल्लामुद्दीन अन्सारी रहने क्रिकेट एशोसिएशन पर्साले जनाएको छ ।
बिहीबार देखि हुने प्रतियोगितमा ६ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । पर्सा ११, नेपाल पुलिस, वन्डर्स क्लब नोयडा, सशस्त्र प्रहरी बल, नेपाल आर्मी र युपि ११ ले प्रतिस्पर्धा गर्ने क्यान पर्साका अध्यक्ष्ँ मनिस सिंहले बताए । प्रतियोगिताका प्रत्येक खेल कान्तिपुर टेलिभिजन मार्फत लाइभ प्रशारण गरिने अध्यक्ष सिंहले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्