वीरगन्ज गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्ने

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जलाई सडन डेथमा पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

सम्वादाता | २०८० कार्तिक २३ गते १८: २७ मा प्रकाशित

वीरगन्ज – प्रथम वीरगन्ज गोल्ड कपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भीड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ० – १ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जलाई सडन डेथमा पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।  बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबका रिपु भुलोनले खेलको २३ औ मिनेटमा गोल गरेका थिए । भुलोनको गोल नै निर्णयक सावित भएको थियो ।

संकटा क्लबले दुई पटक गोल फर्काउन मौका पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन् । सेमिफाइनलमा एक गोल गरेका आर्मीका रिपु भुलोन म्यान अफ दि म्याच घोषित भएका थिए । उनलाई नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले नगद १० हजार रुपैया पुरस्कार दिएका थिए ।  गत कात्तिक १८ देखि सुरु भएको प्रथम वीरगन्ज गोल्डकपको फाइनल खेल शनिबार त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेलिने छ ।

वीरगन्ज महानगरपालिका मूख्य प्रायोजक रहेको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् । वीरगन्जको आदर्शनगर रंशालामा दर्शकका लागि अस्थायी प्यारफिट निर्माण गरिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्