वीरगन्ज– प्रथम वीरगन्ज गोल्डकपको पहिलो खेलमा भेट्रान्स सिटी क्लब वीरगन्जले भारत दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई १ को विरुद्ध ३ गोलले पराजित गरेको छ । खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुट आउट गरिएको थियो । आयोजक भेट्रान्स सिटीका सुशान्त थापा, नविन लामा र जनक कार्कीले एक/एक गोल प्रहार गरेका थिए ।
भेट्रान्सका कप्तान कृष्ण शाक्यले पहार गरेको पहिलो पेनाल्टी सट गडवाल डायमन्ड क्लबका गोलकिपर हर्षित बिष्टले रोकेका थिए । गडवाल डायमन्ड फुटबल क्लबका सुमित कद्यान, सन्कल्प सिंह र अन्जुल परिशरले प्रहार गरेका पेनाल्टी सट भेट्रान्स सिटीका गोलकिपर राजु नगरकोटीले रोकेका थिए । डायमन्डका अजय विष्टको पेनाल्टी सट मात्र गोलमा परिणत भएको थियो ।
टाई ब्रेकरमा ३ वटा पेनाल्टी प्रहार रोकेका भेट्रान्स सिटी क्लबका गोलकिपर राजु नगरकोटी म्यान आफ दि म्याच घोषित भएका थिए । मधेश प्रदेशकै उच्च धनराशी भएको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।
वीरगन्ज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरि ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । आइतबार हुने दोस्रो खेलमा संकटा क्लब र चर्च ब्वाईज युनाइटेडले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । गोल्डकप उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विगतमा खेलकुदका लागि उर्वर भूमि रहेको वीरगन्जमा अहिले खेलकुद गतिविधी सुस्त बनेकोमा चिन्ता व्यक्त गरेका थिए । गोल्डकप आयोजना गर्न आदर्शनगर खेलमैदानमा अस्थाई प्याराफिट निर्माण गरिएको छ ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्