काठमाडौ – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन् । चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन् । उनी प्रहरी जवान हुन् ।
महानिरीक्षक कुँवरले ऐरीलाई बधाई दिँदै संगठनका तर्फबाट पुरस्कारसहित सहायक हवल्दार पदमा बढुवा गरेका हुन् । एशियाली खेलकुदमा सहभागी भएर बिहीबार स्वदेश फर्किएको क्रिकेट टोलीको सम्मानमा प्रहरी प्रधान कार्यालयमा दिउँसो ३ बजे एक विशेष कार्यक्रम आयोजना हुँदै छ । सोही कार्यक्रममा ऐरीलाई बढुवाको घोषणा गरिने छ ।
ऐरीले सेप्टेम्बर २७ मा मंगोलियाविरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका हुन्। प्रहरी महानिरीक्षकले प्रहरी नायब निरीक्षक (सई) सम्म एक आर्थिक वर्षमा १० जनाको बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावलीले दिएको छ ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्