वीरगन्ज – पर्सा क्रिकेट संघले पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी अमित आलोकलाई स्कुल, कलेज तथा टाईलेन्ट हन्ट कार्यक्रमको लागि संयोजकमा नियुक्त गरेको छ । संघको भदौ २१ गतेको निर्णय अनुसार पूर्व अन्तराष्ट्रिय क्रिकेटर अमित आलोकलाई पर्साको सम्पूर्ण स्कुल, कलेज तथा टाईलेन्ट हन्ट कार्यक्रमको लागि संयोजकमा नियुक्त गरिएको संघका अध्यक्ष ई.मनिष सिंहले जनाएका छन् । स्कुल र कलेजबाट उदेयीमान नया खेलाडीलाई छनोट गर्न पाएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने आलोकले बताए ।
भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।
पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाएका थिए भने दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्