ठाकुरराम क्याम्पसमा वार्षिक खेलकुद सम्पन्न

म यो क्याम्पस को लागि केहि गर्ने अठुट लिएको छु – उपमेयर इम्तियाज आलम

सम्वादाता | २०७९ फागुन १३ गते १४: ३० मा प्रकाशित

वीरगन्ज– ठाकुर राम बहुमुखी क्याम्पसमा बि.बि.ए डिपार्टमेन्ट एनुवल स्पोर्ट्स डे २०७९ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिजेता खेलाडीहरुलाई सिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो भने बि.बि.ए का छात्र छात्रा हरु ले संस्कृत कार्यक्रम गरेका थिए । ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए द्धारा आयोजित कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम हुनुहुन्थ्यो ।

उपमेयर आलमले भने ठाराब क्याम्पमा अध्यन गरेर यो देश को प्रधानमन्त्री देखि लिएर ठुला ठुला उधोगपति, राजनेता, प्रध्यापक हाकिमहरु भएका छन । यो देश को पुर्व प्रधान मन्त्री माधव कुमर नेपाल यहि क्याम्पस बाट अध्यन गरेका हुन यहि क्याम्पस बाट अध्यन गरेर आज म उपप्रमुख भएको छु तपाई हरु यहि क्याम्पस बाट अध्यन गरेर ठाकुरराम क्याम्पसको नाम उचाई मा पुर्याउनु हेनेछ म बिश्वास लिएको छु ।

म यो क्याम्पस को लागि केहि गर्ने अठुट लिएको छु । आउने दिनहरुमा यो क्याम्पस को लागि जहिले पनि कान्ध मा कान्ध मिलाएर अगाडि बढने छु । जहिले पनि म भन्ने गरेको छु कुनै समयमा मेरो आवश्यक्ता परेको खण्डमा मलाई भनु हरेक समय मे खरा उत्रीने छु ।

यो क्याम्पस को लागि मेरो पनि केही सोचहरु छन आउने दिन मा यो मेरो सोचहरु पूरा गर्ने छु ।भन्दै छात्र छात्रा हरु लाई भविस्य को कामना गर्नु भेएको थियो । अध्यक्षता बि.बि.ए फेकेलटीका क्याम्पस प्रमुख सुशील भट्टराई ले गर्नु भएको थियो भने विशिष्ट अतिथिमा ठाराब क्याम्पस का क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया अतिथिहरु मा रघुनाथ चौरसिया, अनिल कुमार रमन, गुनजुन कुमर, सन्तोष कुमार, बिरेन्द्र कुमार साह,गिता कुमारी, कृष्ण कुमार, सुरज राजपन्थ, शेष कुमार हजरा धर्मराज यादव लागायतहरु को उपस्तिथी रहेको थियो भने कर्यक्रम को जानकारि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्