नेशनल एकाडेमी र ग्लोबल कलेजको सानदार जीत

नेशनल इनफोटेक कप २०७९

सम्वादाता | २०७९ पौष २६ गते ०९: २३ मा प्रकाशित

वीरगन्ज – नेशनल इनफोटेक कप २०७९ अन्तर्गत सोमबार भएका २ वटा खेलमा नेशनल एकाडेमी र ग्लोबल कलेज विजयी भएका छन् । पहिलो खेलमा नेशनल एकाडेमीले त्रिजुद्ध कलेजलाई ६ विकेटले र दोस्रो खेलमा ग्लोबलले सत्यम पब्लिक कलेजलाई ११० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको त्रिजुद्ध कलेजले १६.४ ओभरमा अलआउट भई जम्मा ८५ रन बनाउन सकेको थियो । नेशनल एकाडेमीका अजाद मियाले ३ विकेट र रोहन पटेलले २ विकेट लिएका थिए ।

८६ रनको लक्ष्य नेशनल एकाडेमीका खेलाडीहरुले १०.३ ओभरमै हासिल गरेका थिए । नेशनल एकाडेमीका नितेश सर्राफले २० रन र शेख समिरले १७ रन बनाएका थिए । नेशनल एकाडेमीका अजाद मिया म्यान अफ दि म्याच घोषित भएका थिए ।

यसैगरि दोस्रो खेलमा ग्लोबल कलेजले टस जितेर सत्यम कलेजलाई १५४ रनको लक्ष्य दिएको थियो । ग्लोबलका सिकन्दर कुमार साहले सर्वाजिध ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । रोहन यादवले २३ रन जोडे ।

सत्यमका निकेश गुप्ताले ३ विकेट र कमलेश पटेलले २ विकेट लिएका थिए । १५४ रनको लक्ष्य पाएको सत्यम कलेजका खेलाडीहरु १४.१ ओभरमा अलआइट भई जम्मा ४३ रन बनाउन सफल भएका थिए ।

सत्यमका कुनै खेलाडीपनि दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । ग्लोबलका विराज कुमार आलेले सर्वाधिक ६ विकेट लिएर म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्