सत्यम कलेज र हेटौडा कलेजको सानदार जित

नेशनल इनफोटेक कप २०७९

सम्वादाता | २०७९ पौष २३ गते ०९: ५१ मा प्रकाशित

वीरगन्ज– नेशनल इनफोटेक कप २०७९ अन्तर्गत शुक्रबार भएका दुईवटा खेलमा सत्यम कलेज र हेटौडा कलेज विजयी भएका छन् । सत्यम कलेजले वीरगन्ज कलेजलाई २७ रनले पराजित गरेको छ ।

टस जितेर वीरगन्ज कलेजले सत्यमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । सत्यमका खेलाडीहरुले २० ओभरमा ९ विकेट गुमाई १३८ रन बनाएका थिए । सत्यमका इमरान समानीले नटआउट ५३ रनको पारी खेलेका थिए । निकेश गुप्ताले २६ रन बनाए । वीरगन्ज कलेजका इरफान अन्सारी र रेहान गुप्ताले २÷२ विकेट लिएका थिए ।

१३९ रनको लक्ष्य पाएको वीरगन्ज कलेजका खेलाडीहरु १८ ओभरमा अलआउट भएका थिए । १११ रन मै सिमि तबनेका वीरगन्ज कलेजबाट युवराज यादवले सर्वाधिक १८ रनको पारी खेलेका थिए । इरफान अन्सारीले १७ रन जोडे ।

सत्यमका मुकेश मन्डल र विशाल कुशवाहाले २÷२ विकेट लिएका थिए । सत्यम कलेजका इमरान समानी म्यान अफ दि म्याच घोषित भएका थिए ।
यसैगरि दोस्रो खेलमा हेटौडा कलेजले इम्पेरियल कलेजलाई ६२ रनले पराजित गरेको थियो । इम्पेरियलले टस जितेर पहिले हेटौडा कलेजलाई ब्याटिङको निम्तो दिएको थियो । हेटौडाका खेलाडीहरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएका थिए ।

हेटौडाका विराट कुमारले ४१ रनको सानदार पारि खेलेका थिए । प्रज्वल कुशवाहाले २७ रन बनाएका थिए । इम्पेरियलका विकास प्रसाद पटेलले ३ विकेट लिएका थिए भने एमडी जबिइयुलाहले २ विकेट लिएका थिए ।

१४९ रनको लक्ष्य लिई ब्याटिङ गर्न आएका इम्पेरियलका खेलाडीहरु २० ओभरमा ८६ रन मात्र जोड्न सकेका थिए । इम्पेरियलका मन्टु यादवले २१ रन र विकास पटेलले २० रन बनाएका थिए ।

हेटौडाका राजा अहमद र सन्तोष दास तत्वाले ३÷३ विकेट चट्काएका थिए । म्यान अफ दि म्याच विराट कुमार घोषित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्