केन्यासँग खेल्दै नेपाल

नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू हुँदैछ।

सम्वादाता | २०७९ भदौ १७ गते ०८: ३१ मा प्रकाशित

काठमाडौं - नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू हुँदैछ। केन्या एकदिवसीय मान्यताप्राप्त टिम नभएकाले यसलाई आधिकारीक एकदिवसीय मान्यता भने हुनेछैन।

खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२:४५ बजे सुरू हुनेछ।

नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि आजको खेलमा कप्तानी रोहितकुमार पौडेलले गर्दैछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै रोहितले कप्तानी गर्ने बताइसकेको छ।

सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ। 

यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो। 

तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्