काठमाडौँ – सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन्।
तर, गत बिहीबार सर्वोच्च अदालतले सरकारबाट भएका निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गरी त्यहाँ विमानस्थल नबनाउन परमादेश दिएको छ।
सर्वोच्चको सो आदेशपछि आइतबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा निजगढ विमानस्थल बनाउने कार्यक्रम समेटिएको जानकारी दिएको हो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूले सन् २००५ मा थ्री गर्जेस बाँधका कारण पृथ्वीको परिक्रमाको गति घटेको अनुमान गरेका थिए । हावा, भूकम्प, जलवायु परिवर्तन र चन्द्रमाको स्थितिले पनि पृथ्वीलाई असर गर्छ । यस बाँधको जलाशयमा ४२ अर्ब टन पानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्