हमार वीरगन्ज Admin

बच्चालाई खोप किन र कहिले लगाउने ? २०८१ भदौ ३

बच्चा जन्मिएपछि खोप तालिकाअनुसार तोकिएको समयमा सबै खोप लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दर, अपाङ्गता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबारे जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।