एक वर्षको अवधिमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनमा ४ लाख ७३ हजार ४ सय ९० दरखास्त परेको थियो । यस अवधिमा मुलुकका सबै जिल्लाबाट दरखास्त परेको आयोगले जनाएको छ ।
यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात् एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।