हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

सम्वादाता | २०८२ जेठ ३१ गते ०६: ०५ मा प्रकाशित
बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ एयरपोर्ट रोड स्थितमा बिशेष सूचनाको आधारमा कालो रंगको झोला पिठ्युँमा बोकी शंकास्पद तरिकाले सिमरा चौकदेखि एयरपोर्ट तर्फ जादै गरेको अवस्थामा खानतलासी गर्दा १३ लाखभन्दा बढीको हुण्डी रकम सहित वीरगन्जका एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने २० वर्षिय सुरज कुशवाहा रहेका छन् । उनको साथबाट १ हजार दरको नोट १०६७ थान, ५ सय दरको नोट ४८० थान, र १ सय दरको नोट ५ थान गरी १३ लाख ७ हजार ५ सय रुपैयाँ नगद र विभिन्न बिल भौचर कागजातहरु तथा सागर मनि ट्रान्सफर वीरगन्ज लेखिएको स्टाम्प फेला परेको बारा प्रहरीले जनाएको हो ।
उक्त हुण्डी रकम सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्