खानेपानीको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन

सम्वादाता | २०८२ असार १ गते १२: ५१ मा प्रकाशित

बीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ मा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसको निरीक्षण गरिएको छ । निरीक्षणको क्रममा क्याम्पसमा खानेपानीको समस्याबारे गम्भीर छलफल गरिएको थियो ।
    खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा आज गरिएको निरीक्षणमा हाल सञ्चालनमा रहेको खानेपानीको टंकी जीर्ण अवस्थामा रहेको, टंकी चुहिने समस्या देखिएको जनाइएको छ । मन्त्री यादवले चाडै टंकीको मर्मत गर्न या नयाँ टंकी स्थापना गर्न सम्बन्धित निकायको साथमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
    त्यस्तै, नर्सिङ क्याम्पस परिसरभित्रको नाला खुलै रहनु, विर्ता बस्तीतिरको फोहर पानी त्यही नालामा जम्मा हुनुले वातावरण अस्वच्छ हुन पुगेको कुरा पनि सर्वसाधारणको गुनासोमा परेको थियो । यो समस्यालाई मध्यनजर गर्दै नालाहरूको सरसफाइ, व्यवस्थित ढल निकास व्यवस्था सहित दीर्घकालिन समाधानको लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन गरिएको छ ।
    क्याम्पसमा अध्ययन, अध्यापन सहित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण अझै बढी सुरक्षित र व्यवस्थित बनाउन सबैको साथ, सहयोग अनि समझदारीको भावना सहित अघि बढीने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्