स्वस्थ रहन, दीर्घायु जिउन, तनावरहित रहन र मन शान्त रहन ध्यान गर्नुपर्छ ।’
‘ध्यानले स्वयंलाई चिनाउँछ ।’
यस्ता कुरा नसुन्ने सायदै होलान् ।
कतिको बुझाइमा ध्यान गर्नु भनेको आँखा चिम्म गरेर बस्नु हो । कतिको बुझाइमा एउटै कुरामा ध्यान केन्द्रित हुनु, मन्त्र तथा माला जप्नु वा भगवानको नाम स्मरण गरेर बस्नु हो । ध्यानबारे सबैको आ-आफ्नो बुझाइ छ । ध्यानबारे सुन्ने तर ध्यान गर्ने चाही कसरी भन्ने कुरामा कतिपय अझ दोधारमा छन् ।
वास्तवमा ध्यान हो चाहिं के ? ध्यानमा त्यस्तो जादुमय शक्ति के छ, जसले कुनै कार्य वा परिश्रम नगरी शरीर स्वस्थ राख्छ ?
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंश शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भन्ने गरिन्छ । योगमा विभिन्न अङ्ग हुन्छन्, जसमध्ये आठौं अंग ध्यानलाई मान्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै आन्तरिक ऊर्जालाई जागरुक गर्नु हो ।
आचार्य कमल पौडेल अनुसार ध्यान भनेको शून्य अवस्थामा पुग्नु हो । अर्थात् मनमा खेल्ने लाखौं विचारलाई मेटाइ कुनै पनि कुरा नकल्पिनु, मनमा नल्याउनु, वरपर जे होस् त्यो न सुन्ने र ध्यान दिने मात्र आन्तरिक ऊर्जा अनुभव गर्नु ध्यान हो ।
‘कुनै विषयवस्तु वा विचारमा केन्द्रित नभई आफूले आफैंमा विश्राम लिने ध्यान एक प्रक्रिया हो,’ उनी भन्छन् ।
यस्तोमा प्रश्न आउन सक्छ ? त्यो अवस्थामा मानिस कसरी पुग्छ । ध्यान कसरी हुन्छ ? योगाचार्य तारादत्तका अनुसार ध्यान सुरु धारणासँगै हुन्छ । सुरुमै विचार शून्य अवस्थामा दिमाग पु्ग्न सक्दैन ।
त्यसका लागि हामीले लिने श्वासप्रश्वास क्रियाको गतिमा ध्यान दिनुपर्छ । यो प्रक्रियाले बाहिरी विचार स्वत: कम हुँदै विलिन हुँदै जान्छन् । विचार विलिन जाँदा श्वासप्रश्वासको गतिलाई पनि व्यक्तिले भुल्छ । त्यसलाई पूर्ण ध्यान भनिने उनी बताउँछन् ।
‘ध्यानले विस्तारै व्यक्तिलाई समाधितर्फ लैजान्छ । अर्थात् मनलाई आनन्दतर्फ लैजान्छ । शून्य अवस्थामा मनमा आनन्द र शान्ति अनुभूति हुन थाल्छ,’ उनी भन्छन् ।
ध्यान जति जति गहिरो हुँदै जान्छ, मानिस साक्षी भावमा स्थिर हुन थाल्छ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिंदैन ।
ध्यानमा इन्द्रिय मनको साथ, मन बुद्धिकोको साथ आफ्नो स्वरूप आत्मामा लीन हुन थाल्छ । सुरुमा अभ्यास गर्दा आँखा बन्द गरेर गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ ।
र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ ।
ध्यान कुनै क्रिया हैन
कैयौं सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो ।
त्यसैले त आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मूर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन । हामी भन्छौं, पाँच मिनेट भगवानको ध्यान गरौं । जबकि यो ध्यान नभएर स्मरण हो । ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइने आचार्य पौडेल बताउँछन् ।
ध्यानको उद्देश्य
वेद, उपनिषद् र गीताका अनुसार ध्यान नै सत्य हो । ध्यानमा सिद्धि पाइसकेपछि व्यक्तिले अनन्त सत्ताको अनुभव गर्छ, यसलाई समाधि भनिन्छ । तमाम गुरु एवं आचार्यले ध्यानको अलग-अलग विधि बनाएका छन् । यद्यपि सबैको उद्देश्य एकै हो, आनन्दको अनुभूति ।
ध्यान विधि
एकै पटकमा ध्यान गर्न सकिंदैन । यो पटक-पटक अभ्यासबाट मात्र सम्भव हुने आचार्य पौडेल बताउँछन् । ‘ध्यानबाट हुने लाभ अनुभूति गर्न नियमित अभ्यासको जरुरी पर्छ । ध्यानमा जान सात्विक जीवनशैली अनिवार्य मानिन्छ,’ उनी भन्छन्, ’प्रतिदिन ध्यानको अभ्यास गरिरहँदा त्यो जीवनशैलीकै एक हिस्सा बन्छ ।’
कति बेर गर्ने ?
ध्यानको अभ्यासका लागि निश्चित समयावधि नै त तोकिएको हुँदैन । तर सुरुवाती चरणमा ध्यान साधना गर्दा १० देखि १५ मिनेट गर्न सकिन्छ । आफ्नो क्षमता अभिवृद्धिपछि बिस्तारै समयावधि बढाउँदै लैजान सकिन्छ ।
निरन्तर दैनिक ध्यान साधना गर्ने साधकहरुले करिब दुईदेखि तीन घण्टासम्म र हाम्रा पूर्वज ऋषिहरुले वर्षौंसम्म ध्यान गर्ने गरेको शास्त्रहरूमा भेटिन्छ ।
ध्यान आडम्बर होइन, विज्ञानसम्मत विधि
ध्यान भन्नासाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाइमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन ।
यो बुझाइ एकदमै गलत हो । ध्यान शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत रहेको विज्ञहरू दाबी गर्छन् । ध्यानबारे भएका वैज्ञानिक अध्ययनले पनि स्वास्थ्यको लागि बहुउपयोगी बताएको छ । अध्ययनअनुसार ध्यानले कैयौं रोगलाई रोक्न मद्दत गर्छ । भावनालाई सन्तुलित राख्छ ।
शारीरिक र मानसिक रुपले कुनै पनि कार्य गर्दा प्रदर्शनमा सुधार गर्छ । विज्ञहरुले ध्यानले मानसिक सन्तुलनमा पनि राम्रो गर्ने भन्दै अहिले माइन्डफुलनेस जस्ता प्रविधि मिसाएर ध्यानको उपयोग गरेका छन् ।
हार्वर्ड विश्वविद्यालयको जर्नरलमा प्रकाशित एक आलेख अनुसार विश्वभर नै ध्यान कक्षाहरू सञ्चालन गरी डिप्रेसन, एन्जाइटी र चिन्ताजस्ता मनो समस्यामा यो अभ्यास प्रभावकारी मानिएको छ । अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी अफ साइन्समा विभिन्न अध्ययनले हर्मोन सन्तुलनमा ल्याउने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने र कोषिकाहरुमा ऊर्जा दिने उल्लेख गरिएको छ ।
शरीर स्वस्थ रहन शरीरको हर्मोन सन्तुलनमा रहनुपर्छ । हर्मोनको उत्पादन, घटबढ शरीरको आवश्यकता अनुसार भएमा शरीर स्वस्थ रहन्छ । दैनिक केही समय ध्यान गर्नाले हर्मोनको स्तर सन्तुलनमा ल्याउँछ । शरीरको प्रत्येक कोषिका ऊर्जाले भरिन्छ ।
कोषिकामा ऊर्जा भर्दा भावदशा वा व्यवहार राम्रो बनाउने सेरोटोनिक हर्मोन उत्पादन गर्छ । जसले मनमा प्रसन्नता, शान्ति र उत्साहको सञ्चार हुन्छ । ध्यानले रक्तचाप नियन्त्रण गर्छ । तनावजन्य समस्या हटाउँछ । रोगप्रतिरोधात्मक क्षमतामा सुधार आउँछ । ऊर्जाको आन्तरिक स्रोतमा उन्नति हुने भएकाले ऊर्जा स्तरमा वृद्धि हुन्छ ।
मानसिक फाइदा
‘खाली दिमाग सैतानको घर’ भन्ने भनाइ नै छ । जब काम छैन । समय यत्तिकै बितिरहेको छ भने व्यग्र, अस्थिर र भावनात्मक रुपले दुःख दिन्छ । यस्तोमा दैनिकीमा ध्यानलाई जोड्ने हो भने यसले दिमागलाई विश्राम दिन्छ । शान्तिको अनुभूति गराउँछ ।
तनाव कम
ध्यानले मस्तिष्कमा कोर्टिसोल हर्मोन र मुटुको दरमा वृद्धि गर्छ । जसले सुताइको लयदेखि रक्तचापको स्तरमा सुधार गर्छ ।
मस्तिष्कमा करोडौं न्युरोट्रान्समिटर र कोष हुन्छन् । यिनीहरुले एकअर्कालाई संकेत पठाउन विद्युतीय र रासायनिक संकेतहरू प्रयोग गर्छन् ।
एउटा न्युरोनले मात्र आफनै नेटवर्कमार्फत अन्य हजारौंलाई जोड्ने सामर्थ्य राख्छ । ती सञ्जालले मस्तिष्कको विभिन्न क्षेत्र बनाउँछन्, जसमा शरीरलाई चलाउने छुट्टै विभिन्न कार्य र विशेषता छन् ।
कतिपय अध्ययन अनुसार नियमित रूपमा ध्यान गर्ने व्यक्तिमा ध्यानले गर्ने लयले ती स्नायुको क्षमता बलियो पार्छ । दिमागको संरचनालाई पोषण दिन्छ । एकबाट अर्को न्युरोमा गई शरीरलाई स्वचालित राख्ने सञ्जाललाई तगडा ध्यानले राख्छ ।
यसको मतलब नियमित रूपमा ध्यान गर्ने व्यक्तिहरूको दिमाग स्वस्थ हुन्छ । उनीहरुले सोच्ने, देख्ने, निर्णय गर्ने क्षमता बलियो पार्छ । उमेर ढल्किंदै गएपछि उमेर सम्बन्धित कार्यमा कमी देखाउने सम्भावना कम हुन्छ । डर, क्रोध र शोक जस्ता नकारात्मक भावनासँग सामना गर्ने शक्ति ध्यानले दिन्छ ।
एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंश शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भन्ने गरिन्छ । योगमा विभिन्न अङ्ग हुन्छन्, जसमध्ये आठौं अंग ध्यानलाई मान्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै आन्तरिक ऊर्जालाई जागरुक गर्नु हो ।
निर्देशिका अनुसार सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्य, उत्पतिको प्रमणपत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेसन संलग्न गरी ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टलमा सूचीकृत गराउनु पर्नेछ । यस्तो सूचीकृत गर्ने कार्य तथा व्यवसायसँग सम्बन्धित निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघले आवश्यक समन्वय र सहयोग गर्नुपर्ने विषय पनि निर्देशिकामै छ ।
प्रतिक्रिया दिनुहोस्