भिटामिन बी-१२ को कमी शरीरका लागि हानिकारक हुनसक्छ । किनकि यो भिटामिनले शरीरमा डीएनएको मर्मत, कार्य र रातो रक्तकोषिकाहरुको निर्माणमा मद्दत गर्छ । यस्तो अवस्थामा यसको कमी भएमा शरीरले राम्रोसँग काम गर्न सक्दैन र विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।
यदि भिटामिन बी-१२ को कमी लामो समयसम्म रह्यो भने यसले क्यान्सर पनि निम्त्याउन सक्छ । जब यसको कमी हुन्छ, डीएनए संश्लेषण सुस्त हुन्छ । जसकारण शरीरका कोषिकाहरु अनावश्यक रुपमा बढेर क्यान्सर हुनसक्छ । भिटामिन बी-१२ शरीरले आफैं बनाउन सक्दैन । अर्थात् यसको मात्रालाई आहारबाट सन्तुलनमा राख्नुपर्छ ।
शरीरमा कति हुनुपर्छ भिटामिन बी–१२?
पुरुष र महिलाको शरीरमा भिटामिन बी-१२ को सामान्य स्तर २०० पीजी/एमएलदेखि ९०० पीजी/एमएलको बीचमा हुन्छ । वृद्धहरूमा यसको स्तर ३०० देखि ३५० पीजी/एमएलको बीचमा हुन्छ । जब शरीरमा भिटामिन बी-१२ को स्तर कम हुन्छ, विभिन्न लक्षणहरु देखा पर्छन् ।
भिटामिन बी–१२ को कमी हुँदा देखिन्छन् यस्ता लक्षण
तीव्र रुपमा शरीरको वजन घट्नु, मुटुको धड्कन तीव्र हुँदै जानु, श्वास फुल्ने समस्या उत्पन्न हुनु, थकान तथा कमजोरी महसुस हुने, कब्जियतको समस्या उत्पन्न हुने, स्मरण शक्ति कमजोर हुने, पाचन क्रियामा गडबडी, टाउको दुख्ने, दिसा पातलो हुने र बारम्बार दिसा लाग्ने, रगतको कमी हुने, जीउ पहेंलो बन्दै जाने, हातखुट्टा झमझम गर्ने र जोर्नी दुख्ने शरीरमा भिटामिन बी-१२ कमी भएका लक्षण हुन् ।
भिटामिन बी–१२ को कमी भएको जाँच
भिटामिन बी-१२ को कमी भएको वा नभएको भनेर रगतको जाँच गर्नुपर्छ तब मात्र थाहा हुन्छ । त्यसैले कसैलाई लक्षण देखियो भने अस्पतालमा गएर भिटामिन बी-१२ को जाँच गर्नुपर्छ । सामान्यतया भिटामिन बी-१२ को लेभल शरीरमा ३०० पीजीएल भन्दा माथि हुनुपर्छ । जाँच गर्दा कुन लेबलमा आउँछ र त्यही अनुसारले उपचार गरिन्छ ।
भिटामिन बी–१२ पाइने खानेकुरा
अण्डा
अण्डा भिटामिन बी-१२ को राम्रो स्रोत हो । भिटामिन बी-१२ को दैनिक आवश्यकताको लगभग ४६ प्रतिशत दुई ठूला अण्डाबाट पूरा गर्न सकिन्छ । भिटामिन-१२ को साथै यो प्रोटिनको पनि राम्रो स्रोत हो ।
दही
शाकाहारी व्यक्तिलाई अण्डा, माछामासु खानुहुन्न भने दहीको सहयोगले भिटामिन बी-१२ को कमीलाई पूरा गर्न सकिन्छ । शरीरमा भिटामिन बी-१२ को आपूर्ति गर्न दही उत्तम विकल्प हुनसक्छ ।
माछा
छाला र कपालका लागि फाइदाजनक माछा भिटामिन बी-१२ को पनि राम्रो स्रोत हो । सार्डिन, टुना, ट्राउट वा साल्मन जस्ता माछामा भिटामिन बी-१२ र अन्य पोषक तत्त्व प्रशस्त हुन्छन् ।
चीज
भिटामिन बी-१२ को आपूर्ति गर्न आहारमा दुग्धजन्य उत्पादन पनि समावेश गर्न सकिन्छ । यो भिटामिनको केही मात्रा पनिरमा पनि पाइन्छ ।
मासु
कुखुराको मासु पनि भिटामिन बी-१२ को राम्रो स्रोत हो । तयार गर्न सजिलो र खान स्वादिष्ट, कुखुराको मासु प्रोटिन र फ्याटको राम्रो स्रोत हो ।
दूध
दूध क्याल्सियमको राम्रो स्रोत हो । साथै क्याल्सियम बाहेक यो प्रोटिन, मिनरल्स र भिटामिन बी-१२ को राम्रो स्रोत हो ।
माछामासु नखानेले कसरी भिटामिन बी-१२ लिने ?
जमिनभित्र वा माटोमा फल्ने खानेकुरा जस्तो- आलु, गाँजर, मुला, तरुलमा भिटामिन बी १२ पाइन्छ । त्यसै गरी गोलभेंडा, हरियो साग, बदाम, ओखर, अङ्गुर, हरियो केराउ, दाल, मेवा, नरिवल, दही लगायत खानेकुरा खान सक्छन् ।
यस बाहेक दूध र दूधबाट बनेका परिकार जस्तै दूध, दही, पनिर, नौनी आदि खानुपर्छ । अरू केही नभए भिटामिन बी १२ सप्लिमेन्ट चिकित्सकको सिफारिसमा किनेर खान सकिन्छ ।
नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए।
पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ ।
अनधिकृत सौन्दर्य प्रसाधन बजारमा छ्यापछयाप्ती पाइन्छ । जसमा एलईडी र मर्करी जस्तो छालालाई हानि गर्ने तत्व हुन्छ । जसले छालालाई सुन्नाउने र त्यसमा असर गरी चायापोतो आउन सक्छ ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्