काठमाडौं– तराई र मधेस द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङो ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको फास्ट ट्रयाकको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ घोषणा गरेका हुन् । मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार प्रधानमन्त्री ओलीको उपस्थितिमा ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ । आज ब्रेक थ्रु भएसँगै फास्ट ट्रयाकमा २ वटा सुरुङ दुवै लेनमा ब्रेक थ्रु भएका छन् । धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थ्रु भइसकेको छ । जेठमा ब्रेक थ्रु भएको लेनको लम्बाइ १.६५३ किलोमिटर छ भने आज ब्रेक थ्रु भएको काठमाडौंबाट निजगढ जाने लेन १.७२८ किलोमिटर लम्बाइको छ । यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १।६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १।६३३ किलोमिटर लम्बाइमा दुई लेन ब्रेक थ्रु भइसकेको छ। आज अर्को लेन ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकको प्याकेज २ मा पर्ने दुवै सुरुङ पूर्ण रुपमा ब्रेक थ्रु भएका छन्। ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्। यद्यपि एउटा सुरुङका दुइ लेनबीच जमिनको भाग हुने भएकाले एउटै सुरुङमा दुई पटक ब्रेक थ्रु गर्नुपरेको सेनाले जनाएको छ। फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङ पनि चालू आर्थिक वर्षभित्र ब्रेक थ्रु गर्ने लक्ष्य सेनाले बनाएको छ। करिब १ किलोमिटर खन्न बाँकी महादेवटार सुरुङको कुल लम्बाइ ३.३५५ किलोमिटर छ। सुरुङ निर्माण छिटो गर्न सेनाले निर्माण कम्पनीलाई रातीमा पनि काम गर्न लगाएको छ। बाँकी २ वटा सुरुङ ठेक्का प्रक्रियाको चरणमा छन् भने एउटा सुरुङ मुआब्जा विवादित क्षेत्र खोकनामा पर्ने भएकाले सेनाले काम अघि बढाउन सकेको छैन। फास्ट ट्रयाकमा सुरुङसँगै ८९ पुल निर्माण हुनेछन्। यसमध्ये ५ वटा पुल निर्माण सम्पन्न र ८० पुल निर्माणाधीन छन्। तर, ४ वटा पुल क्षेत्र खोकनामा पर्ने भएकाले कुनै काम हुन नसकेको सेनाको भनाइ छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। न्त्रिपरिषद्को निर्णयसँगै २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । संशोधित विस्तृत परियोजना प्रतिवेद (डिपिआर) अनुसार आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । २०८३ चैतसम्म म्याद रहेको फाष्ट ट्रयाकको हालसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत र वित्तीय प्रगति ३६।६६ प्रतिशत भएको सेनाले जनाएको छ।
यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग छलफल गरेको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले गत १५ गते छानबिन समिति गठन गरेको थियो ।
पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झाबराहा रिर्सोटमा सम्पन्न भएको बैठकमा संगठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा पार्टीले लिएका रणनीतिहरुमा विस्तृत छलफल भएको पर्सागढी नगरपालिकाको मेयरका प्रत्यशी सुरज मानन्धरले बताए ।
प्रतिक्रिया दिनुहोस्