काठमाडौं । यसअघि संघीय सरकारले मात्र लिइरहेको आन्तरिक ऋण अब स्थानीय र प्रदेश सरकारले समेत लिन पाउने भएका छन् ।
कानुन अभावमा तल्ला सरकारले आन्तरिक ऋण उठाउन पाएका थिएनन् । सरकारले १ चैत २०८० देखि लागु हुने गरी सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । यो नियमावली कार्यान्वयनमा आएसँगै स्थानीय तहले आगामी आर्थिक वर्षबाट आन्तरिक ऋण समेत उठाउन पाउने भएका हुन् ।
कानुन अभावले चालु आर्थिक वर्ष (आव) २०८०/८१ सम्म तल्ला सरकारले आन्तरिक ऋण उठाउने भनी बजेटमा उल्लेख गरे पनि व्यवहारमा उठाउन पाएका थिएनन् ।
आगामी आव २०८१/८२ का लागि भने यो नियमावलीले आन्तरिक ऋण उठाउने बाटो खोलिदिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव डिलाराम गिरीले जानकारी दिए ।
उनका अनुसार संघीय सरकारले जुन प्रक्रियाबाट आन्तरिक ऋण उठाउँछ, स्थानीय तह र प्रदेशले सोही प्रक्रियाबाट उठाउन सक्नेछन् । यसको सहजीकरणको काम भने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाटै हुने उनले जानकारी दिए ।
‘आन्तरिक ऋण उठाउने प्रक्रिया सबै तहको उस्तै हुन्छ,’ उनले भने, ‘स्थानीय तह र प्रदेशका हकमा भने संघीय सरकारको स्वीकृति चाहिन्छ ।’
नियमावली कार्यान्वयनमा आएसँगै आन्तरिक र वैदेशिक ऋण लिनसमेत स्थानीय र प्रदेशलाई बाटो खुलेको छ । किनकि, तीन तहकै सरकारले लिने सार्वजनिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोक्ने गरेको छ । हरेक वर्ष आयोगले सीमा तोकिरहेको छ ।
आगामी आव २०८१/८२ का लागि आयोगले संघीय सरकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतमा नबढ्ने गरी उठाउन सिफारिस गरेको छ ।
प्रदेश सरकारका लागि संघ सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट रकम र आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको १२ प्रतिशत नबढ्ने गरी प्रदेश सरकारले आन्तरिक ऋण उठाउन सक्छन् ।
स्थानीय तहले समेत संघ र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट रकम र स्थानीय सरकारको आन्तरिक स्रोतबाट प्राप्त हुने रकमको योगफलको १२ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी आयोगले सिफारिस गरेको छ ।
नियमावली प्रावधान अनुसार प्रदेश सरकार वा स्थानीय तहबाट अनुरोध भई आए सम्बन्धित तहका लागि आन्तरिक ऋण व्यवस्थापन गर्ने काम कार्यालयले गर्ने छ ।
कार्यालयले संघ सरकार, प्रदेश सरकार र स्थानीय तहका लागि निष्कासन भएका तथा भुक्तानी भएका ऋणपत्रको अखिलेख राख्ने काम समेत गर्ने गरी तोकिएको छ ।
स्थानीय तह र प्रदेशले आन्तरिक ऋण उठाउने प्रक्रिया कस्तो छ ?
नियमावली अनुसार प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउनुपरे आयोगले निर्धारण गरेको सीमा र सम्बन्धित प्रदेश सरकार र स्थानीय तहको कार्यपालिकाको निर्णय सहित अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउनुपर्छ ।
उक्त पत्र प्राप्त भएसँगै अर्थले सीमा, सम्बन्धित तहको सार्वजनिक ऋण परिचालन नीति, आन्तरिक ऋण लिन खोजेको योजना, योजनाबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धि, ऋण भुक्तानी योजना लगायत अध्ययन गरी सहमति दिन सक्ने छ ।
सहमति पाएसँगै प्रदेश सरकार वा स्थानीय तहले कार्यालयलाई ऋण उठाउन लेखी पठाउन सक्नेछन् । त्यस्तो पत्र पाएपछि कार्यालयले सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहका लागि ऋण उठाउने छ ।
ऋण उठाउनु अघि कार्यालय र ऋण माग गर्ने प्रदेश सरकार वा स्थानीय सरकारबीच ऋण रकम, उपयोग गर्ने परियोजना र साँवा तथा ब्याज भुक्तानीको समय तालिका निर्धारण गरी ऋण सम्झौता हुने नियमावलीमा उल्लेख छ ।
संघीय मन्त्रालयले गरायो सूचित
आन्तरिक ऋण उठाउन कानुनी आधार तयार भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आन्तरिक ऋणको सीमाबारे सूची गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिस पठाउँदै सूचित गरेको हो । स्थानीय तहले अहिलेसम्म आन्तरिक ऋण उठाउने गरी कुनै तयारी भने गरेको जानकारी प्राप्त नभएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिध देवकोटा बताउँछन् ।
गाउँपालिकाहरूमा समेत यस्तो अभ्यास नभएको गाउँपालिका राष्ट्रिय महांसघका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए ।
प्रदेशमा गण्डकी र मधेशको जमर्को
प्रदेशतर्फ गण्डकी र मधेश प्रदेश सरकारले आन्तरिक ऋण उठाउने जमर्को गरेका छन् । आगामी आव २०८१/८२ को बजेटमा यी प्रदेशले आन्तरिक ऋण उठाउने गरी बजेट अनुमान गरेका छन् ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ल्याएको ३२ अर्ब ९७ करोडको बजेटमा १ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने घोषणा गरिएको छ ।
मधेश प्रदेशले ४३ अर्ब ८९ करोडको बजेट ल्याएकोमा २ अर्ब आन्तरिक ऋण उठाउने जमर्कोमा छ । गण्डकी प्रदेशले २०७५/७६ मा समेत आन्तरिक ऋण उठाउने गरी बजेट अनुमान गरेको थियो ।
उक्त आवमा मधेश प्रदेश र कर्णाली प्रदेशको बजेटमा समेत आन्तरिक ऋण उठाइने उल्लेख थियो । त्यसपछि भने प्रदेशहरूले आन्तरिक ऋण नाममा स्रोतको अनुमान गर्न छाडेका थिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्