काठमाडौं । पाचन प्रणालीबारे एकपटक सोच्न बस्यो भने दिमागमा एउटा शब्द आउँछ ‘पेट’ । यो शरीरको त्यस्तो भाग हो, जुन हामी कि त अति भोक लागेको बेलामा सोच्छौं वा पेट टन्न हुँदा ।
खासमा पेट हो चाहिं के त ?
धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यप भन्छन्, ‘पेट अंग्रेजी वर्णमालाको ‘जे’ आकारको स्वरुप भएको र हेर्दा तरकारी खाने बोडी जस्तै देखिने अंग हो, जसलाई आमाशय भनेर बुझ्ने गर्छौं ।’
उनका अनुसार पेटको सम्पूर्ण भागले पाचन क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
पेटले कसरी काम गर्छ ?
डा. कश्यपका अनुसार पेटको मुख्य काम खाना पचाउने प्रक्रियामा लैजानु हो । ‘पेटले खानेकुरालाई अस्थायी रूपमा भण्डार गर्छ । खानेकुरालाई मसिनो बनाएर सानो आन्द्रामा पठाउँछ,’ उनी भन्छन्, ‘भोक लागेको र टन्न भएको संकेत मस्तिष्कलाई दिन्छ ।’
खानेकुरा कसरी पेटसम्म पुग्छ ?
वीर अस्पतालका वरिष्ठ ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. मुकेश शर्मा पौडेल भन्छन्, ‘खानेकुराको पेटसम्मको यात्रा । जब हामी खानेकुरा खान्छौं, मुखबाटै पचाउने प्रक्रिया सुरु हुन्छ । यसको मुख्य भूमिका हुन्छ दाँतको । दाँतले खानेकुरा टुक्रा बनाउँछ ।’
खानेकुरा टुक्रा भइरहँदा मुखमा पाचन रस आउँछ । मुखको वरिपरि हुने र्याल ग्रन्थीबाट यस्तो इन्जाइम निस्कन्छ र खानासँग घुल्छ । घुलेका खानेकुरालाई जिब्रोकै सहायताले खानानली हुँदै खाना सोझै पेटमा पुग्छ । पेटमा पुगेपछि पाचन प्रक्रियाको काम सुरु हुन्छ ।
यी खानेकुरा एकदेखि डेढ घण्टासम्म पेटमै रहन्छ । सो खानेकुरा टुक्रिन वा घुल्न पनि पेटमा अम्ल (पाचन रस) पैदा हुन्छ । पेटको मांसपेशी र रसले खानेकुरालाई राम्ररी घुल्न सघाउँछन् । जसलाई ‘क्राइन’ भनिन्छ ।
घुलिएको खानालाई आमाशयले सानो आन्द्रामा पठाउने तयारी गर्छ । सानो आन्द्रामा खाली गर्न तयार नभएसम्म खाना रोकेर पनि राख्ने गर्छ । तयार भएपछि सानो आन्द्रामा खाना पुग्छ, जहाँ पित्तथैलीबाट पैदा हुने पित्तमा खाना घुलिन्छ ।
पित्त आवश्यकताअनुसार मात्र निस्कन्छ । त्यसको भित्ताले पोषकतत्व र तरल पदार्थ ग्रहण गर्छ र आवश्यक नभएको खानेकुरा ठूलो आन्द्रामा पठाउने गर्छ । त्यहाँसम्म पुग्दा खानाबाट धेरै पोषकतत्व शरीरले लिइसकेको हुन्छ ।
ठूलो आन्द्राबाट आवश्यक नभएको तत्व दिसाको रुपमा मलाशयतर्फ धकेलिन्छ । सो समयमा मान्छेलाई दिसा लाग्छ । मलाशय ठूलो आन्द्राको ठ्याक्कै तल्लो भागमा हुन्छ ।
यो पनि पढ्नुहोस
६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ
पेटले कति खानेकुरा धान्न सक्छ ?
तपाईंले कहिले सोच्नुभएको छ, हाम्रो पेटले कति खानेकुरा एकपटकमा धान्न सक्छ ? अन्तर्रराष्ट्रिय जर्नल इन्स्टिच्युट अफ ह्युमन एनाटोनोमीमा प्रकाशित एक आलेखअनुसार पेटले ०.८ देखि १.५ लिटरसम्म खानेकुरा राख्न सक्छ । यद्यपि, यो क्षमता व्यक्तिको तौल, शरीरको बनावट, उमेर र जीवनशैली अनुसार फरक-फरक पर्न सक्छ ।
यसबाट के बुझिन्छ भने पेटले खानाको प्रकृति र मात्रा अनुसारको फैलाउन र तन्काउन सक्छ ।
खानेकुरालाई प्रभाव पार्ने तत्व
व्यक्तिअनुसार फरक
सबैको पेटको क्षमता एउटै हुँदैन । त्यसैले शरीरले कति खानेकुरा बोक्न सक्छ भन्ने ठोस जवाफ भन्न सक्दिैन । वंशाणुगत, उमेर र खानपानको शैलीले पेटको क्षमताको हद बताउँछ ।
खानेकुराको प्रकार
क्यालोरीयुक्त खानेकुराले छिटो पेट भरिन्छ । क्यालोरी कम भएको हल्का खानेकुरा छिटो पच्छ । भोक पनि छिटो अनुभव हुन्छ ।
भोकको हर्मोन
ग्रेलिन र लेप्टिन ती हर्मोन हो, जसले भोक लागेको र पेट भरिएको संकेत दिन्छ । ग्रेलिनले भोक जगाउँछ भने लेप्टिनले भोकलाई मेटाइदिन्छ । यी दुई हर्मोन हामीले कति बेला के खानेकुरा खाइरहेका हुन्छौं त्यसअनुसार प्रभावित हुनसक्छन् ।
उसोभए भोक कति बेला लाग्छ त ?
जब हाम्रो शरीरलाई खाना, पोषण र ऊर्जाको अभाव हुन थाल्छ, तब हामीलाई भोक महसुस हुन थाल्ने इन्डोक्रिनोलोजिस्ट डा. सविन चौलागाईं बताउँछन् । ‘हामीले खाएको खानालाई पोषक तत्त्वमा परिणत गरेर शरीरले पचाएपछि हरेक अंगमा पुग्छ । जब अंगहरुमा पोषक तत्वको सञ्चार कम हुन थाल्छ, तब पनि भोक लाग्छ,’ डा. चौलागाईं भन्छन् ।
भोकाएको समयमा पेटमा खाना नपुग्दा के हुन्छ ?
भोकाएको समयमा खाना नपुग्दा वा लामो समयसम्म भोको बस्दा रगतमा चिनीको मात्रा घट्छ । शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । स्वत: ऊर्जा कम भई धेरैबेरसम्म भोको बस्दा हातखुट्टा काम्ने समेत र ग्यास्ट्रिकको समस्या ल्याउने डा. चौलागाईं बताउँछन् ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्