सर्लाही र रौतहटको चुरे क्षेत्रबाट ब्यापक रुपमा खयर तस्करी

जंगलमा तस्करहरुले छानी छानी खयरको मात्रै रुख काटेको पाइएको छ । खयरघारीको रुपमा परिचत उक्त जंगलमा अधिकांश खयरका रुखहरु काटिसकेका छन ।

सम्वादाता | २०८० माघ १० गते १८: ०५ मा प्रकाशित

सर्लाही– रौतहट र मकवानपुर जिल्ला बिचमा रहेको चुरे क्षेत्रमा अहिले ब्यापक रुपमा खयर कटानी भइरहेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं २ को चुरे क्षेत्रमा पर्ने महादेब स्थान डाडामा लोप हुदै गइरहेको खयर जातीको दर्जनौ रुख काटिरहेको अबस्थामा भेटिएको हो । सर्लाहीको हरिवन क्षेत्रको उत्तरी क्षेत्रमा समेत ठूलो परिमाणमा संस्थागत रुपमै खयर तस्करी हुंदै आएको छ ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने सो जंगलमा दर्जनौ भन्दा बढी खयरका रुख काटिएका छन । बिषेश सुचनाको आधारमा सो क्षेत्रमा संचारकर्मीको टोली नै पुगेको थियो । करिब २०/२५ बर्ष पुराना खयर जातीको रुख काटिएको अबस्थामा भेटिएको छ । फुलवारी गाउबाट करिब ३ किलोमिटर उत्तर चुरे क्षेत्रमा खयरको रुख काटिएको हो ।

उक्त जंगलमा तस्करहरुले छानी छानी खयरको मात्रै रुख काटेको पाइएको छ । खयरघारीको रुपमा परिचत उक्त जंगलमा अधिकांश खयरका रुखहरु काटिसकेका छन । केही दिन अघि सो क्षेत्रमा खयर काटिएको खबर आएपछि वन गस्तीटोलीलाइ पठाएको सव डिभिजन वन कार्यालय पौराई जुडिबेलाका वन अधिधृत सुरेश महतोले जानकारी दिए ।

३ र ४ वटा रुख काटेको जानकारी आएको र अन्य रुखको ’दयगतमा हेर्न आफै जाने समेत वन अधिकृत महतोले बताए ।बहुमुल्य प्रजातीको खयर काटने जो कोहीलाइ पनि पक्राउ गरी कार्वाही गर्ने उनले बताएका छन । खयर तस्करी सम्बन्धमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र संग कुरा गर्दा पछि भेटेर नै प्रतिक्रिया दिने बताएका छन । यता स्थानियले खयर तथा का तस्करी नियन्त्रण गर्न कसैले पनि पहल नगरेको बताएका छन ।

बहुमुल्य जातको खयर तस्करी हुदा समेत सो काटिएको काठ वन कर्मचारीले उठान नसकेको स्थानियको गुनासो छ । चुरे क्षेत्रबाट तस्करहरुले सिसौ,खयर,सत्तिसाल लगायतका लोप हुदैगएका बिभिन्न प्रजातीका रुखहरु कटान गरी डमरु,अन्य प्रकारका समानहरु लाने गरेका छन । केही बर्ष अघि डिभिजन वन कार्यालय रौतहटले गैडाटारबाट ठुलो मात्रामा डमरु बरामद गरेको थियो । यहा निमार्ण गरिएका डमरुहरु चिन सम्म पुग्ने गरेको स्थानिय बताउछन ।

उक्त वन क्षेत्रमा स्थानियले अन्य स साना रुखहरु काटदै आगो लगाउदै वन अतिक्रमण पनि गरेको पाइएको छ । सानो खरियान डाडा भनेर चिनिने सो ठाउमा खयरको रुख काटने संगसगै जंगल फाडने कार्यपनि जारी रहेको छ । हर्दिया खोलाको छेउमा रहेको सो चुरे क्षेत्रमा अतिक्रमण बढेको छ ।

करिब २० बर्ष पहिला घना जंगल रहेको चुरे क्षेत्र अहिले गाउ नै गाउ भएको पाइएको छ । रौतहटको जरुवा,खरियान डाडा,हिलेखोला,सुत्ने खोला,मोरंगे,भोलनटार लगायतका दर्जनौ गाउहरु चुरे अतिक्रमणबाट बनेका गाउहरु हुन । जहा चुरे क्षेत्र अतिक्रमण गरेर सयौ पक्की तथा कच्ची घरहरु बनेका छन ।

ति गाउहरुमा नेपाल सरकारले बिजुली, खानेपानी, सडक, बिद्यालय लगायतको सुबिधा प्रदान गदै आएको छ । दलहरुको भोट बैंकको रुपमा रहेको चुरे क्षेत्र हटाउन कुनै पनि दलहरुले हिम्मत गर्न सकेका छैनन । बरु राज्यले भुमी आयोग मार्फत सो क्षेत्रको जमिन नापजाच गरी पुर्जा दिने रणनिति बनाएको छ ।

चुरे क्षेत्रको संरक्षणको नाममा राज्यले अरबौ रुपैया सकेको भएतापनि चुरे क्षेत्रका बासिन्दालाइ ब्यबस्थीत गर्न कुनै पहल नगरेको उपभोक्त हित मंच रौतहटका अध्यक्ष टिका घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्