वीरगन्ज– राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसियाकै पहिलो भएको बताइन्छ । स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको उल्लेख गरेका छन् । उनको किताबमा भएको दस्तावेजले पनि चुरियामाई सुरुङ मार्गलाई दक्षिण एसियाको पहिलो मान्न सकिन्छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको उक्त सुरुङ मार्गसँगै नेपालकै चर्चित शक्तिपीठ चुरियामाई मन्दिर पनि रहेको छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार गरिरहेको छ । ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले ३६ लाख १३ हजार रुपैयाँ खर्च गरेर मर्मत गरिरहेको छ । मर्मतपछि सुरुङ मार्ग आमनागरिकको लागि खुला गर्ने तयारी छ । अहिले सुरुङ मार्गभित्र बत्ती जडान र पानी रसाएको ठाउँमा मर्मतसम्भार भैरहेको छ । सुरुङ मार्गको दुबै गेट क्षेत्रमा सजावटको काम पनि भैरहेको छ । पूर्व-पश्चिम राजमार्ग निर्माणअघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र त्यहाँबाट मानिसले बोकेर काठमाडौंसम्म लग्ने गरिन्थ्यो । (साभार - नेपाल प्रेस)
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्